चितवनमा चरैवेति उपन्यासमाथि विमर्श - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Sunday, June 9, 2024

चितवनमा चरैवेति उपन्यासमाथि विमर्श



नारायणगढ, २६ जेठ । पाटन संयुक्त क्याम्पस, ललितपुरका नेपाली विषयका उपप्राध्यापक, समालोचक तथा आख्यानकार डा. जीवन जीवन्तको नवीनतम उपन्यास 'चरैवेति'माथि यही जेठ २६ गते शनिबार सम्पूर्ण किताब नारायणगढमा अन्तरक्रिया गरिएको छ ।

सम्पूर्ण किताब नारायणगढको आयोजनामा भएको अन्तरक्रियामा समीक्षकहरु डा. देवी नेपाल, डा. अम्बिका अर्याल, डा. शान्तिमाया गिरी, डा. अशोक थापालगायतले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै धार्मिक विषयमा कलम चलाएर लेखकले जोखिम मोलेको प्रतिक्रिया दिए ।

चरैवेतिमाथि पाठकीय टिप्पणी गर्दै लेखक खनाल रेवतीरमणले उपन्यासको भाषा सरल, शैली स्तरीय र प्रस्तुति बोधगम्य भएको बताए । ‘यसमा भरपुर जीवनदर्शन छ’ उनले भने, ‘सुन्दर ढंगले इसाई धर्मको शल्यक्रिया पनि गरिएको छ ।’

वीरेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक एवं अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातले कार्यक्रमको सहजीकरण गर्दै सुरुमा उपन्यासका विविध पक्षमा प्रकाश पारेका थिए । उक्त विमर्श कार्यक्रममा सम्पूर्ण किताबका लेखराम सापकोटा, भरतपुर प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव बालकृष्ण थपलिया, समीक्षक उदय अधिकारी, व्यवसायी गीता पौडेल ढकाललगायतले पनि पाठकीय धारणा राखेका थिए ।



No comments:

Post a Comment