यादहरू (कविता) - चतुर्भुज गौतम ‘निर्मल श्री’ - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Sunday, June 9, 2024

यादहरू (कविता) - चतुर्भुज गौतम ‘निर्मल श्री’

यादहरू (कविता)

                 -   चतुर्भुज गौतम  ‘निर्मल श्री’

कल्पना !


सम्झना ! !

भावना ! ! !

र मनभित्रका 

आल्हादित प्रेमका 

समर्पणहरु

यादहरु 

अत्यन्तै सुन्दर हुन्छन्

चीर स्थायी हुन्छन्

सँधैं सँधैंका लागि

स्मरणीय हुन्छन्

कहिल्यै 

बिर्सन सकिँदैन

तिमीसँगका कल्पना

सम्झना र 

कहिले नमेटिने 

ति यादहरुलाई...........

.

.

.

चाहे !

हज्जारौं ! ! 

झ्याल र ढोकाहरु बन्द गर

चाहे !

हतकडी लगाऊ

चाहे !

विचारहरुमाथि 

लगाम लगाऊ

चाहे !

शिशमहलभित्र थुनेर राखिदेऊ 

तर 

कसैगरी पनि रोकिने छैनन्

हावाको भोक्का

भन्दापनि

तिब्रताका साथ आईरहनेछन् 

तिमीसँगकै समर्पणहरु,

तिमीसँगकै कल्पनाहरु,

तिमीसँगै बिताईएका

र बिताइने 

यी चीर स्मरणीय यादहरु ..........

.

टीकापुर, कैलाली 

हाल : काठमाडौं


.

.

No comments:

Post a Comment