नेपाल प्रज्ञा-प्रतिष्ठानको कुलपतिमा भूपाल राई, पोखराका कृष्णराज अधिकारी सदस्य (सबै नामावली) - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Wednesday, February 15, 2023

नेपाल प्रज्ञा-प्रतिष्ठानको कुलपतिमा भूपाल राई, पोखराका कृष्णराज अधिकारी सदस्य (सबै नामावली)

 


पोखरा । नेपाल प्रज्ञा-प्रतिष्ठानको कुलपतिमा भूपाल राई चयन भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रतिष्ठानको उपकुलपतिमा कवि विमल निभालाई चयन गरेको छ । संस्कृतिमन्त्री सुदन किराँतीको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाला प्रचण्डले प्रज्ञा-प्रतिष्ठानको नयाँ कार्यसमिति गठन गरेका हुन् । त्यस्तै, सदस्य सचिवमा प्रा.डा. धनप्रसाद सुवेदीलाई नियुक्त गरिएको छ ।

प्रतिष्ठानका प्राज्ञहरूमा मधुसूदन गिरी, डा. कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, डा. कौशिला रिजाल, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली नियुक्त भएका छन् ।

नेपाल प्रज्ञा-प्रतिष्ठान ऐन,२०६४ को परिच्छेद ३ को दफा ८ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी सोही ऐनको दफा ११ बमोजिम गठन हुने पदाधिकारीहरूको नामावली ऐनको दफा ८ को उपदफा (२) अनुसार प्राज्ञहरू सिफारिस गरिएको बताइएको छ ।

मन्त्रालयले २४ जना प्राज्ञ-सभा सदस्यसमेत नियुक्त गरेको छ ।

सम्पूर्ण प्राज्ञहरूको नामावलीः





No comments:

Post a Comment