गजल - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


गजल


कमाउछे धन उस्ले रातीको संसारमा
अर्जुन दृष्टि पौडेल
पोखरा

अनौठो निलो डाम देखिन्छ अनुहारमा

अशिक्षा, अज्ञानता हो की ? वाध्यता
आफ्नो शरिर वेचि रहिछे वजारमा

जिन्दगीको गोरेटो खन्न नसकेरै होला
आफ्नै खुट्टामा हान्छे वन्चरो हतारमा

छापा मारिएछ हिजो मध्यरातमा फेरी
त्यसैले वनेछ समाचार सवै अखवारमा

प्रश्न चिन्ह उठाई रहदा यही समाजले
उभिई रहिछे जीवनको अन्तिम हारमा

 

गजल

-कपिल अञ्जान कोहलपुर–२, बाँके
 ‘अञ्जान’ एकदिन यो ठाउँमा आउनेछ
र यी विभेदका पर्खालहरु भत्काउनेछ

बाबुले घरमा हतियार राखिदिएपछि
छोरो कतिञ्जेल दुनियाँसँग डराउनेछ

आज पनि हत्यारा प्रमाणित भएको छ
भोलि पनि ऊ सपना देखेर चिच्याउनेछ

आफ्नै नाममा आकासको लालपुर्जा बनायो
हेरौं, अब बाहिर को–को डुल्न पाउनेछ
                         

गजल

 –कपिल शर्मा ‘सञ्जोग’

सहरमा हल्ला व्यापक थियो
फेरि आयो गल्ला व्यापक थियो

हातका ठेलाले सबै बताउ“थे
त्यो बारीमा डल्ला व्यापक थियो

यसरी चिल रमाउनुमा पक्का
भूइ“भरि चल्ला व्यापक थियो

पुरानै डसना टालटुल पारी
नया“ हाले पल्ला व्यापक थियो

कविको हालत यस्तो छ देशमा
तस्बिरमा दोसल्ला व्यापक थियो ।

(सञ्जोगको प्रकाशोन्मुख गजलसंग्रह 'तस्बिरमा दोसल्ला'बाट )

गजल

–मन क्षेत्रीनि.अध्यक्ष, गजल सन्ध्या, पोखरा
एउटा अँध्यारो पाटोको पनि
जुलुस निस्किँदै छ माटोको पनि

हाम्रा पैतालाहरुमा ठेला उठिसकेका छन्
सायद उठ्नेछन् अब बाटोको पनि

आखिर आउने भनेको त्यही याद न रहेछ
मिलनको पनि फाटोको पनि

नभनूँ भनेर पो नभनेको हुँ त
हजार कारण छन् आँसुको टाटोको पनि

बैंसमा पिरती कसको पो हुन्न र
थियो मजस्तो लाटोको पनि ।         




गजल

तिमी त्यो रूपको रापले जलाई हा“स्दथ्यौ आफै“
नबोली थाप्दथ्यौ पासो मलाई हा“स्दथ्यौ आफै“ ।

खुबै राम्रो थियो बान्की अहो ¤ क्या उर्लंदो बै“स
–प्रभाती किरण
भुलाई मातले छोप्दै ढलाई हा“स्दथ्यौ आफै“ ।

म गम्की गर्वले फुल्दै रिसाएझै“ गरी बस्थे“
छरी मुस्कानका आभा जलाई हा“स्दथ्यौ आफै“ ।

मुसार्दै केशका राशी नयनमा हेर्दथे“ तिम्रो
तिमी सर्माउ“दै आ“खा छलाई हा“स्दथ्यौ आफै“ ।

म भर्दै प्रेमको घैला प्रभाती घाममा बस्थे“
र हुन्थे“ स्वप्नमा डुल्दै चलाईं हा“स्दथ्यौ आफै“ ।

(बहर ः हजज मुसम्मन सालिम)

गजल

–पुरु लम्साल     हल्देकालिका ९ नुवाकोट
 ऊ रुँदै थियो कुटा कोदाला देखाएर
मेलापात गरिरहेका खेताला देखाएर

हजुरले त घरको तला थप्नुभएछ 
नजिकै भत्किएको पाठशाला देखाएर

बेरोजगारी उन्मूलनको घोषणा गरियो 
बस्तु चराइरहेका गोठाला देखाएर 

‘यही त हो हाम्रो खुसी’ बा भन्नुहुन्थ्यो
झुलिरहेका धानका बाला देखाएर ।
    

गजल

 –सुमन लम्साल

   चिसापानी–५,स्याङ्जा
मलाई केही भन्न मन छ पहिल्यैदेखिको ।
तिम्रो नामको धड्कन् छ पहिल्यैदेखिको ।

हराएको आफ्नो मान्छे फर्केर आएन
डढेलो लागेको यौवन छ पहिल्यैदेखिको ।

यहाँ मरेकाहरुको खुसीको लागि
जिउँदा काट्ने चलन छ पहिल्यैदेखिको ।

दुई छाक पेटभरि खुवाउने सर्तमा
बन्धकी राखेको जीवन छ पहिल्यैदेखिको ।

                                  

गजल

  –सुरेश सुवेदी भोजपुर
 
मनको सादा कागजमा केरी उनीलाई
लेख्दै छु म यौटा चिठी फेरि उनीलाई

फूल हैन नझुक्किनू जून पनि हैन
बगैंचामा एक्लै देख्दाखेरि उनीलाई

फर्कि आउनेछु विन्ती नरोक यो बाटो
कस्ती भइन् एकै पल्ट हेरी उनीलाई

सम्झन्छ रे साँझ बिहान अझै कैलेकाहीँ
भनिदिनू ए बतास  मेरी उनीलाई ।
                                          

No comments:

Post a Comment