आँबुखैरेनीमा स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न - सम्मोहन साहित्यिक पत्रिका

Slide1

Saturday, June 8, 2024

demo-image

आँबुखैरेनीमा स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

.com/img/a/

 

446040226_1180713189618226_1335154335104013021_n

आँबुखैरेनी (तनहुँ) । आबुखैरेनी स्रष्टा समाजको आयोजनामा शनिबार आयोजित एक कार्यक्रमका बिच स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आँबुखैरेनी स्थित माई छिम्केश्वरी पार्टी प्यालेसमा सम्पन्न भएको छ

"कला साहित्य संस्कृतिको सम्मान, हाम्रो अभियान"भन्ने नाराका साथ स्थापना भएको आबुखैरेनी स्रष्टा समाजले विभिन्न विधागत पुरस्कारहरू समर्पण गरेको हो

संस्थाका अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार/पत्रकार मोहन दुवाल रहनुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथि आबुखैरेनी गाउँपालिकाका प्रमुख सुक्र चुमान, साहित्यकार नवराज लुइटेल,अम्बिका अर्याल,माणिकरत्न शाक्य रहनुभएको थियो

आतिथ्यता ग्रहणका लागि देशभित्रका विभिन्न स्थानहरूबाट साहित्यमा अहोरात्र खटिने कलम यात्रीहरूलाई सहभागी गराइएको थियो। अतिथिहरूमा जीवन्त जीवन्त, नरेन्द्र थापा, रमेश प्रभात,भीम रानाभाट (ज्यालादारी),डा शान्ति माया गिरी, हरि प्रसाद चौलागाई,जनार्दन दाहाल, आकाश अधिकारी, दिवाकर भट्टराई लगायत सत्तरीभन्दा बढी साहित्यकार, पत्रकार, शिक्षक बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो

सोही कार्यक्रममार्फत साहित्यक पुरस्कारअन्तर्गत आँबुखैरेनी वाङ्मय पुरस्कार कवि गौरी दाहाल (देवकोटा) लाई प्रदान गरिएको थियो। इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार शिवहरि नेपाल (बैरागी) लाई साथै समाजसेवामा सक्रिय व्यक्तित्वलाई प्रदान गरिने पुरस्कार कृष्णदास चेतकुमारी पुरस्कार डोलबहादुर थापालाई प्रदान गरिएको थियो

यसैगरी महेशकुमार श्रेष्ठ प्रतिभा पुरस्कार आँबुखैरेनी बहुमुखी क्याम्पसमा व्यवस्थापन सङ्काय तर्फ २०७८ सालमा सर्वोकृष्ट हुन सफल यसमाया थापा र वर्ष २०७९ मा व्यवस्थापन संकायतर्फ उत्कृष्ट मेलिना भट्टलाई प्रदान गरिएको थियो। आँबुखैरेनी बहुमुखी क्याम्पसको शिक्षा संकाय तर्फ सर्वोत्कृष्ट अङ्क ल्याउन सफल २०७८ सालमा ओम माया मगर र वर्ष २०७९ सालमा सर्वोकृष्ट उषा थापा मगर लाई प्रोत्साहन स्वरूप पुरस्कृत गरिएको थियो

पुरस्कार छनौट समितिका संयोजक तेजविलास अधिकारीले पुरस्कृतहरूको नाम छनोट गर्नु निकै जिम्मेवारीपूर्ण रहेको र यसलाई निर्वाह गर्न सम्पूर्णको साथ आवश्यक रहेको जानकारी गराउनुभएको थियो

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार मोहन दुवालले साहित्यिक स्रष्टाहरूमा नयाँ सिर्जनाहरू सुन्नमा धैर्यता नरहेको साथै मपाई प्रवृत्तिको हावी रहेको धारणा राख्नुभएको थियो। जनमत साहित्यिक पत्रिकाले देशभरिका स्रष्टाहरूलाई जोड्न सफल रहेको धारणा राख्नुभयो

कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष अनिल श्रेष्ठले कार्यक्रममा उपस्थित सम्पूर्णलाई आभार व्यक्त गर्द साहित्यिक संस्थाहरू एकअर्काका परिपूरक भएर अगाडि बढ्नुपर्ने र मञ्चमा अतिथि राख्ने परम्परा साथै प्रस्तुतिकर्ताले छोटो समयमा आफ्नो कुराहरू ब्यक्त  गर्नुपर्ने धारणा राख्नुभएको थियो

446040226_1180713189618226_1335154335104013021_n


No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *