रुकुमपूर्वमा दोस्रो साहित्यिक महफिलको तयारी तीव्र - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Tuesday, November 28, 2023

रुकुमपूर्वमा दोस्रो साहित्यिक महफिलको तयारी तीव्र



रुकुम । रुकुम पुर्वमा दोस्रो साहित्यिक महफिल २०८० हुने भएको छ ।

 जिल्लाकाे भुमे गाउँपालिकामा नेपाली भाषा, साहित्य उत्थान, विकास, संरक्षणका लागि दोस्रो साहित्यिक महफिल २०८० हुनेभएको हाे ।

 यही मंसिर १६ गते शनिबारका दिन  राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वको आयोजना र भुमे गाउँपालिकाको आर्थिक सहयोगमा दोस्रो साहित्यिक महफिल २०८० हुन लागेको राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वका उपाध्यक्ष जमुना गौतम `जानू´ले जानकारी दिनुभएको छ ।

 आयाेजकका अनुसार उक्त महफिलमा जिल्ला स्तरिय कविता प्रतियोगिता हुने जानकारी गराइएको छ भने इच्छुक कविता लेख्ने व्यक्तिहरुलाई यही मंसिर १३ गते भित्र लिखित कविता आयाेजककाे सम्पर्कमा पठाउन हुन आग्रह गरिएको छ ।

 त्यस्तै पठाइएको उत्कृष्ट लिखित १० कविताहरुलाई महफिलकै दिन वाचनमा राखी अन्तिम नतिजा सार्वजनिक गरि प्रथम,दाेस्राे,तेस्रो र सान्त्वना हुनेलाई नगद पुरस्कार र प्रमाणपत्र दिइने राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वका अध्यक्ष कमानसिंह बिष्टले बताउनुभएको छ ।

 महफिलमा `सृजना संगम´ नामक मुखपत्र विमाेचन गरिनुका साथै स्थानीय साँस्कृतिक झाकी पनि प्रस्तुत गरिने राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वका सचिव शिव शाहीले जानकारी दिनुभएको छ ।

 यसपटकको महफिलमा कविता वाचनमा रामेछापबाट विक्रमपवन परियार, कास्कीबाट अमृत, म्याग्दीबाट बादल शाही र रुकुम पूर्वबाट कर्मसही घर्ती मगर आउनुहुने भएको छ भने गजल वाचनमा दैलेखबाट महेन्द्र चन्द महासागर, काेहाेलपुर बाँकेबाट देवकी निरौला र मुक्तक वाचनमा रुकुम पश्चिमबाट दिनेश आदिप, रुकुम पूर्वबाट विना गौतम आउने आयाेजकले बताएको छ । 

No comments:

Post a Comment