लघुकथाको ५५ औँ शृङ्खला - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, November 25, 2023

लघुकथाको ५५ औँ शृङ्खला



पोखरा । लघुकथा प्रतिष्ठान पोखराको नियमित रचनावाचनको ५५ औँ शृङ्खला शनिबार सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै साहित्यकार तथा नेपाली लेखक संघ, गण्डकीका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले विषयप्रतिको गहन लेखन, बहस र अन्तर्क्रिया गर्दै जाँदा कुनै पनि सिर्जनाले सार्थक रूप लिने भन्दै शुभकामना मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा साहित्यकार लक्ष्मण थापा, दीपक समीप, कल्याण पन्त, गीता तिवारी, ढाकामोहन बराल, शोभा लामिछाने, विष्णुप्रसाद बास्तोला, सहनशीला पौडेललगायतले लघुकथा वाचन गरेका थिए ।

संस्थाका सचिव अमृतले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष कल्याण पन्तले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

No comments:

Post a Comment