दोस्रो साहित्य महफिल २०८० सम्पन्न - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Monday, December 4, 2023

दोस्रो साहित्य महफिल २०८० सम्पन्न

 


रुकुम (पूर्व) । साहित्य महफिल २०८० भव्यताका साथ सम्पन्न भएको छ । रुकुमपूर्वको जिल्लाको भूमे गाउँपालिकाको कार्यालय खाबाङमा “भाषा‚ साहित्य‚ कला र संस्कृती ! जीवन र जगतको समृद्धी” भन्ने नाराका साथ महफिल साहित्यरस छोड्दै भव्यताका साथ सम्पन्न भएको हो । भूमे गाउँपालिकाको आर्थिक सहयोग र राप्ति साहित्य परिषद् जिल्ला शाखा रुकुम(पूर्व) को आयोजनामा दोस्रो साहित्य महफिल २०८० सम्पन्न भएको हो ।

महफिलमा ख्याती प्राप्त साहित्य सर्जकहरुले आफ्ना रचनाहरु वाचन गरेका थिए । कविहरु रामेछापका विक्रम पवन परियार‚ रुकुम(पूर्व) का कर्मसही घर्ती मगर‚ कास्कीका अमृत ले कवितामार्फत दर्शक/स्रोता र अतिथीहरुको मन खिच्न सफल हुनुभएको थियो । गजलकार दैलेखका महेन्द्र चन्द महासागर र मुक्तककारहरु रुकुम(पश्चिम) का दिनेश आदिव‚ रुकुम(पूर्व) की बिना गौतमले गजल र मुक्तकका माध्यमबाट दर्शक/स्रोता र अतिथीहरुलाई आफुहरुतर्फ आकर्षण गर्नुभएको थियो । साहित्यक श्रष्ठाहरुले आफ्ना रचना वाचन गर्दै गर्दा दर्शक/स्रोताहरुबाट वा वा वा….. आइरहेको थियो भने वान्स मोर भनेको आवाजहरु पनि सुनिइरहेको थियो ।

रुकुम(पूर्व) मा पनि विस्तारै साहित्यिक माहोल बन्दै गएको छ । गत वर्ष सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा रुकुमकोटमा प्रथम साहित्य महफिल २०७९ सम्पन्न भएको थियो । आगामी वर्ष महफिल संचालनको लागि राप्ती साहित्य परिषदले पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पूनीराज घर्तीलाई कार्यक्रमकै बिचमा सहयोगको लागी आग्रह गर्दै प्रस्तावना पत्र पनि पेश गरिएको छ । उहाँले सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ ।

महफिलकै क्रममा राप्ती साहित्य परिषदले निकालेको सिर्जना संगमको पनि विमोचन गरिएको छ ।



महफिलकै बिचमा कविता प्रतियोगिता पनि आयोजना गरिएको थियो । १२ जनाले प्रतिस्पर्धा गरेको कविता प्रतियोगितामा भूमे गाउँपाललिका ८ का  सितल बुढाले प्रथम स्थान हासिल गर्नुभएको थियो । यस्तै भूमे गाउँपालिकाकी रमिता रसाइलीले दित्तीय स्थान हासिल गर्दा सिस्ने गाउँपालिकाका क्रमशः अमृता शाह र टीका केसी तृतीय र सान्तवना स्थान हासिल गर्नुभएको छ । उहाँहरुलाई प्रमाणपत्रसहित नगदले पुरस्कृत गरिएको छ । कार्यक्रममा साहित्यमा योगदान पुर्याएका व्यक्ती तथा संस्थाहरुलाई प्रशंसा पत्रद्धारा सम्मान गरएको छ । कार्यक्रममा स्थानीय साहित्यिक श्रष्ठाहरुले आफ्ना रचनाहरु वाचन गरेका थिए ।

राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम(पूर्व) का अध्यक्ष कमानसिङ विष्टको अध्यक्षतामा भएको साहित्य महफिल कार्यक्रम २०८० मा जिल्ला समन्वय समिति रुकुम(पूर्व) का प्रमुख मेघ बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उपप्रमुख मोहनबहादुर केसी‚ भूमे गाउँपालिका  अध्यक्ष होम प्रकाश श्रेष्ठ‚ सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी‚ पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पूनीराज घर्तीको विशेष आतीथ्यता रहेको थियो । कार्यक्रममा साहित्यप्रेमी मनहरुको उपस्थिती रहेको थियो । राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम(पूर्व) का उपाध्यक्ष जमुना गौतमको स्वागत मन्तव्य रहेको महफिल कार्यक्रमको संचालन सदस्य उर्मिला गौतमले गर्नुभएको थियो ।

No comments:

Post a Comment