पद्मश्री साहित्य पुरस्कार– २०७९ का लागि उत्कृष्ट ५ कृति सार्वजनिक - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, August 19, 2023

पद्मश्री साहित्य पुरस्कार– २०७९ का लागि उत्कृष्ट ५ कृति सार्वजनिक



पोखरा  । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट ५ कृतिको सूची सार्वजनिक भएको छ ।

प्रतिष्ठानले वि.सं.२०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरुमध्ये निर्णायक मण्डलको छनोटअनुसार उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।

चयन प्रक्रियाको पहिलो चरणमा १८० पुस्तकमध्येबाट निर्धारित मापदण्डबमोजिम निर्णायक समितिको सिफारिसअनुसार गत असार १५ गते १५ पुस्तकलाई उत्कृष्ट विस्तारित सूची सार्वजनिक गरिएको थियो ।

चयन प्रक्रियाको दोस्रो चरणमा विस्तारित सूचीका १५ पुस्तकमध्येबाट पाँच पुस्तकलाई उत्कृष्ट सङ्क्षिप्त सूची निर्णायक मण्डलको सिफारिसबमोजिम ५ कृतिको सूची प्रकाशन गरिएको अध्यक्ष जीवा लामिछानेले बताएका छन् ।

सङ्क्षिप्त सूचीमा परेका पाँच पुस्तकको नाम वर्णानुक्रममा यस प्रकार रहेको छः

१. इजोरिया- सुबिन भट्टराई

२. ऐँठन- विवेक ओझा

३. मनु- डा. देवीप्रसाद सुवेदी

४. मफलर- प्रदीप रोदन

५. शून्यको मूल्य- डा.नवराज केसी

No comments:

Post a Comment