अनिलको आरु फुलेको साँझ चर्चामा - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, July 8, 2023

अनिलको आरु फुलेको साँझ चर्चामा

 चितवन । कवि अनिल श्रेष्ठको कविता सङ्ग्रह `आरु फुलेको साँझ´ को तेस्रो सस्करणको परिचर्चा शनिबार चितवनमा सम्पन्न भएको छ ।

इच्छा कामना एफएम, कुरिनटारले आयोजना गरेको कार्यक्रममा समीक्षक तेजविलास अधिकारीले कविता सङ्ग्रहबारे आफ्नो समीक्षात्मक दृष्टिकोण राखेका थिए ।

कवि कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कवि सुदर्शन कट्टेल, रामजी त्रिपाठी, ईश्वरविलास अधिकारी र पत्रकार हिरालाल गुरुङले कविता सङ्ग्रहमा रहेका एक एकओटा कविता प्रस्तुत गरेका थिए । कार्यक्रममा कवि अनिलले सङ्ग्रहभित्र रहेका केही कविताहरूको रचनागर्भबारे आफ्नो अनुभव र अनुभूतिहरू राखेका थिए । इच्छा कामना एफएमका दानबहादुर गुरुङले कार्यक्रममा सहभागी साहित्यकारहरूलाई धन्यवाद ज्ञापन गरेका थिए । कविता सङ्ग्रहलाई जनमत प्रकाशन नेपाल, बनेपाले प्रकाशन गरेको हो ।




No comments:

Post a Comment