चन्द्रमणि अधिकारीको कविता- म एक बालक शिक्षक - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Friday, June 30, 2023

चन्द्रमणि अधिकारीको कविता- म एक बालक शिक्षक

 म एक बाल शिक्षक

                               - चन्द्रमणि अधिकारी

                     १.

म एक बाल शिक्षक स्वयं आफ्नै निरीक्षक

उदारता प्रसन्नता छु पेश गर्न इच्छुक

सेवा म गर्छु राष्ट्रको, विरोध गर्छु भ्रष्टको

म बोल्छु जे सबै कुरा हुने छ भन्छु प्रष्ट यो ।

                    २.

स्वदेश निम्ति मर्दछु, स्वघोष आज गर्दछु

छ भ्रष्ट दुष्ट को कहाँ, निर्धक्क भिड्छु लड्दछु

डराउन्न कसै कतै चेली नेपालकी म हुँ

प्रकष्ट भन्छु जे पनि, उदार चित्तकी म छु ।

                        ३.

म भोक रोग शोकको सदैव गर्छु सामना

मसँग छन् मिठा मिठा विशिष्ट प्रेम भावना

घमण्ड छैन, जान्दछु म एक हुँ वीराङ्गना

म गर्छु राष्ट्रको सधैँ  आरती र उपासना 

                        ४.

छ सङ्ग स्वर कोइलीसमेत जो लजाउँछे

जो गीत गाउनुअघि मसँग सिक्न आउँछे

प्रशस्त साधना गरी म गर्छु राष्ट्र चाकरी

मसँग फूल मित छन् गुराँस साथ  बाबरी ।

                        ५.

सुनाखरी छु लेकमा छु सत्य जो विवेकमा

रमाउँछन् सबै जना मिलापमा छिमेकको

भनेर भन्न पाउँदा मसँग भेट्न आउँदा

गरेर नेत्रले कुरा मजा भयो बुझाउँदा ।

                                तनहुँनेपाल 

No comments:

Post a Comment