हास्य कलाकार विश्वराम ढलाकोटी "गफाडी" (स्रष्टा परिचय) - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Sunday, January 23, 2022

हास्य कलाकार विश्वराम ढलाकोटी "गफाडी" (स्रष्टा परिचय)

 -            प्रयासकुमार

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका ज्यामिरे गाउँमा पिता मुरली, माता सुन्तली ढलाकोटीको जेठो सन्तानका रूपमा वि. . २०५३ भाद्र ५ गते जन्मनुभएको हो- हास्य कलाकार विश्वराम ढलाकोटी "गफाडी" । सानै उमेरदेखि कलाकारिता, साहित्य रुचि राख्ने उहाँको स्वभाव थियो । माध्यमिक तहको अध्यन गाउँकै श्री जनता माध्यमिक विद्यालयमा पूरा गरि उच्च शिक्षाको लागि राजधानी आउनुभयो । 

इन्द्रेश्वरी बहुमुखी क्याम्पसमा कक्षा ११ , सानोठिमी बहुमुखी क्याम्पसम कक्षा १२, भक्तपुर बहुमुखी क्याम्पसबाट समाजशात्र विषयमा स्नातक तहसम्मको अध्यान गर्नुभयो । अध्यसँगै कलाकारिता क्षेत्रलाई पनि अगाडि बढाउने मनसाय बनाएर काठमाडौँका गल्लीहरूमा भौतारिइरहदा रत्नपार्कमा दृष्टिविहीन व्यक्तिहरूले गीत गाइरहेको अनि बाटो हिँड्ने मान्छेहरूले पैसा हालिदिको र केही पर जादु देखाएर पैसा मागेको देख्दा उहाँको मनमा कलाकारिताको भोक झनै जागेर आएछ । त्यसपछि एक टेलिचलचित्र नाउने मान्छेको सम्पर्कमा पुग्नुभएछ तर खरा चरित्र र मनोभावना भएको व्यक्तिसँग जोडिएको कारण त्यस व्यक्तिले टेलिचलचित्रमा सानो रोल दिएर उहाँसँग २० हजार लिएर फरार भएछ । त्यसपछि आफू ठगिएको थाह पाएर उजुरी दिन प्रहरीको जानुभएछ तर कुनै सबुत प्रमाण नभएको कारण प्रहरीले उजुरी दर्ता गरेनछ । त्यसपछि आफैले समूह निर्माण गरी सडक नाट देखाउने अर्को विचार गर्नुभएछ सडनाट पनि सुरु गर्नुभएछ तर दर्ताबिना निर्मा गरिएको समूबाट नाटक देखाउन नमिल्ने भएपछि एक संस्था (परिवर्तनको लागि मानव समाज नेपाल ) नाम राखी दर्ता गरी साथीहरूसँग मिलेर विभिन्न ठाउँमा सकारात्मक सन्देशमूलक नाटक प्रदशन गर्नुभएछ । हाल थिएटर, टेलिसिरियलमा विभिन्न चरित्र निर्वाह गरी समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहनुभएको छ । उहाँको अर्को खुसीको कुरा काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिका कोसीदेखा गाउँमा जन्मनुभएकी अनिशा तोलाङ्गेसँगही मिति २०७८ माघ २३ गते शुभ लगनको दिन विवान्धनमा बाँधिदै हुनुहुन्छ, हार्दिक बधाई तथा मङ्गलमय शुभकामना । साथै, आगामी दिनहरूमा पनि कलाकारिताको क्षेत्रबाट शुक्र ताराजस्तै चम्किरहनुसु, पुनः शुभकामना ।

 काठमाडौँ

No comments:

Post a Comment