पोखराबाट आयो MCC विरुद्ध गीत (भिडियोसहित) - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Monday, February 7, 2022

पोखराबाट आयो MCC विरुद्ध गीत (भिडियोसहित)

पोखरा । देशमा MCC को पक्ष र विपक्षमा चर्काचर्की चलिरहेको बेला पोखराबाट MCC विरुद्धको गीत सार्वजनिक भएको छ । सङ्गम सांस्कृतिक मञ्चको प्रस्तुतिमा बनेको ‘से नो एमसिसी...’ बोलको गीतको रचना स्ट्रगल रानाले गरेका हुन् ।

सङ्गम सांस्कृतिक मञ्चका अध्यक्ष काजी गाउँलेको सङ्गीत रहेको गीतमा सचिव विकास लुङ्गेलीको स्वर रहेको छ । लुङ्गेलीलाई प्रतीक्षा सुनारले गायनमा साथ दिएकी छन् ।

MCC आएमा नेपालको आकाशमा साम्राज्यको बादल छाउने भन्दै नेपाली छातीमा अमेरिकी सेनाले परेड खेल्ने अवसर बन्ने भएकाले कुनै पनि हालतमा MCC पास गर्न नहुने भाव गीतमा प्रस्तुत गरिएको छ । नेताहरूले मातृभूमि बन्धक राखेर भुँडी भर्न खोजेको भन्दै MCC को पक्षमा भएका नेताहरूलाई खबरदारी पनि गरिएको छ ।

प्रत्यक्ष गायनको भिडियो निर्माण गरी सम्मोहन टिभी नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतले अधिकांश नेपालीको भावना समेट्ने सङ्गम सांस्कृतिक मञ्चको विश्वास छ ।

भिडियो लिङ्कः



गीत

          - स्ट्रगल राना

SAY- NO MCC

GO BACK MCC

REJECT MCC

 

MCC को झोला बोकेर अम्रिकाने गोरा आउँदै छ

नेपाली यो आकाशैमा साम्राज्यको बादल छाउँदै छ

SAY NO MCC

GORACK MCC

REJECT MCC

 

IMCC को सर्त मानेमा अम्रिकाको रजाइँ चल्ने छ  

स्वाभिमानी हाम्रो छातीमा उसको सेना परेड खेल्ने छ

SAY NO MCC

GORACK MCC

REJECT MCC

 

पराइको तजबिजमा प्रयोग हुने हाम्रो सम्पदा

एकपक्षीय सर्तसहित लादिएको कस्तो सम्झौता

SAY NO MCC

GORACK MCC

REJECT MCC

 

सार्वभौम जनता भन्दछन्- खोइ त हाम्रो स्वतन्त्रता ?

प्यारो लाग्छ हामीलाई त हाम्रो आफ्नै मूल्य मान्यता

SAY NO MCC

GORACK MCC

REJECT MCC

 

मातृभूमि बन्धक राखेर आफ्नो स्वार्थ पूरा गर्नलाई

पाउँदैनौ ए ठालुहरू हो भ्रस्ट तिम्रो भुँडी भर्नलाई

SAY NO MCC

GORACK MCC

REJECT MCC

 

 

No comments:

Post a Comment