पोखराबाट आयो MCC विरुद्ध गीत (भिडियोसहित) - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Monday, February 7, 2022

पोखराबाट आयो MCC विरुद्ध गीत (भिडियोसहित)

पोखरा । देशमा MCC को पक्ष र विपक्षमा चर्काचर्की चलिरहेको बेला पोखराबाट MCC विरुद्धको गीत सार्वजनिक भएको छ । सङ्गम सांस्कृतिक मञ्चको प्रस्तुतिमा बनेको ‘से नो एमसिसी...’ बोलको गीतको रचना स्ट्रगल रानाले गरेका हुन् ।

सङ्गम सांस्कृतिक मञ्चका अध्यक्ष काजी गाउँलेको सङ्गीत रहेको गीतमा सचिव विकास लुङ्गेलीको स्वर रहेको छ । लुङ्गेलीलाई प्रतीक्षा सुनारले गायनमा साथ दिएकी छन् ।

MCC आएमा नेपालको आकाशमा साम्राज्यको बादल छाउने भन्दै नेपाली छातीमा अमेरिकी सेनाले परेड खेल्ने अवसर बन्ने भएकाले कुनै पनि हालतमा MCC पास गर्न नहुने भाव गीतमा प्रस्तुत गरिएको छ । नेताहरूले मातृभूमि बन्धक राखेर भुँडी भर्न खोजेको भन्दै MCC को पक्षमा भएका नेताहरूलाई खबरदारी पनि गरिएको छ ।

प्रत्यक्ष गायनको भिडियो निर्माण गरी सम्मोहन टिभी नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतले अधिकांश नेपालीको भावना समेट्ने सङ्गम सांस्कृतिक मञ्चको विश्वास छ ।

भिडियो लिङ्कः



गीत

          - स्ट्रगल राना

SAY- NO MCC

GO BACK MCC

REJECT MCC

 

MCC को झोला बोकेर अम्रिकाने गोरा आउँदै

नेपाली यो आकाशैमा साम्राज्यको बादल छाउँदै

SAY NO MCC

GORACK MCC

REJECT MCC

 

IMCC को र्त मानेमा अम्रिकाको रजाइँ ल्ने  

स्वाभिमानी हाम्रो छातीमा उसको सेना परेड खेल्ने

SAY NO MCC

GORACK MCC

REJECT MCC

 

पराइको तजबिजमा प्रयोग हुने हाम्रो सम्पदा

एकपक्षीय र्तसहित लादिएको कस्तो सम्झौता

SAY NO MCC

GORACK MCC

REJECT MCC

 

सार्वभौम जनता भन्दछन्- खोइ त हाम्रो स्वतन्त्रता ?

प्यारो लाग्छ हामीलाई त हाम्रो आफ्नै मूल्य मान्यता

SAY NO MCC

GORACK MCC

REJECT MCC

 

मातृभूमि बन्धक राखेर आफ्नो स्वार्थ पूरा गर्नलाई

पाउँदैनौ ए ठालुहरू हो भ्रस्ट तिम्रो भुँडी भर्नलाई

SAY NO MCC

GORACK MCC

REJECT MCC

 

 

No comments:

Post a Comment