हार्मोनीको दोस्रो साधारणसभा - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Sunday, January 16, 2022

हार्मोनीको दोस्रो साधारणसभा

 पोखरा । महिला सङ्गीतकर्मीहरूको साझा संस्था हार्मोनी, पोखराको दोस्रो साधारणसभा आइतबार सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष इतु जोजिजूको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले पोखराले गौरव गर्न सक्ने संस्थाका रूपमा हार्मोनी अघि बढेको बताए । संस्थाका सल्लाहकारसमेत रहेका श्रेष्ठले अनेकौँ बाधाका बाबजुद पनि संस्थालाई जीवन्तता दिँदै कला क्षेत्रलाई अघि बढाएकोमा संस्थाको प्रशंसा गरे ।

अर्का सल्लाहकार तथा गीतकार प्रतिष्ठानका सचिव अनुराग अधिकारीले गायिकाहरू, महिला सङ्गीतकारहरू तथा महिला गीतकारहरूको साझा संस्थाका रूपमा हार्मोनीले पोखराबाट सिङ्गो नेपाली साङ्गीतिक क्षेत्रमा विशिष्ट पहिचान बनाएकोमा खुसी व्यक्त गरे । सल्लाहकार तथा गायक रामभक्त जोजिजूले गायनमार्फत् कार्यक्रमको उद्‍घाटन गरेका कार्यक्रममा सचिव लक्ष्मी गिरीको प्रगति प्रतिवेदन तथा सहकोषाध्यक्ष प्रतीक्षा देवकोटाको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको थियो । कार्यक्रममा उपाध्यक्ष कौशल्या गुरुङले स्वागत गरेकी थिइन् ।

वि. सं. २०७४ मा स्थापित संस्थाले महिला गीतकार, सङ्गीतकार, गायिकलाई सम्मान गर्नुका साथै विभिन्न साङ्गीतिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।



No comments:

Post a Comment