डा. आर. सी. लामिछानेको ‘हामी सबैले सक्छौँ’ बोलको गीत सार्वजानिक (भिडियोसहित) - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Sunday, January 2, 2022

डा. आर. सी. लामिछानेको ‘हामी सबैले सक्छौँ’ बोलको गीत सार्वजानिक (भिडियोसहित)

 

पोखरा । प्रशंसनीय खोज दृष्टिकोण तथा सकारात्मक सोचका अभियन्ता तथा ग्रामीण विकास विज्ञ डा. रामचन्द्र लामिछाने (आर. सी.) को हामी सबैले सक्दछौँ’ बोलको गीत सार्वजनिक भएको छ ।

विगत १७ वर्षदेखि समाजको सकारात्मक रुपान्तरणको लागि योगदान दिँदै आउनुभएका डा. लामिछानेले बालकदेखि वृद्धसम्मलाई सकारात्मक सोचको विकास गरेर सफल जीवन निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिने गीत तयार गर्नुभएको छ । व्यक्तिमा अन्तर्निहीत क्षमतालाई सकारात्मक सोचको माध्यामबाट प्रष्फुटन गराएर चाहे जस्तो जीवन निर्माण गर्न सकिन्छ भन्ने सन्देश गीतले बोकेको छ । प्रवचन, तालिम, गोष्ठीमार्फत सकारात्मक उत्प्रेरणा जगाउँदै हिँड्ने डा. लामिछानेले सङ्गीमार्फत पनि सकारात्मक उत्प्रेरणा जगाउन सकिन्छ भन्ने विश्वास लागेर गीत रचेको जानाकारी गराए । यो उनको प्रथम प्रयास हो । सबैबाट हौसला पाएमा र यस गीतले सार्थक परिणाम ल्याएमा अन्य थप रचना पनि अगाडि ल्याउने योजना रहेको लामिछानेले बताए ।

नयाँ वर्ष २०२२ को पूर्व सन्ध्यामा मैले सक्छु, तिमीले सक्छौ, हामी सबैले सक्छौँ’ बोलको गीत सार्वजनिक गर्दै यो वर्षले सबैमा सकारात्मक र्जा प्रवाह गरोस् भन्ने शुभकामनासमेत व्यक्त गरेका छन् । डा. लामिछानेको गीतमा नरहरी प्रेमीको सङ्गीत रहेको छ भने स्वर नरहरी प्रेमी र काव्य आचार्यको रहेको   यस गीतला लक्षुप्रका मल्लले सङ्गीत संयोजन गरेका छन् । गीतले सबैला सफल न्न स्वयम् जिम्मेवार हुनुपर्दछ भन्ने सन्देश पनि दिएको छ । उत्प्रेरणामूलक कार्यक्रमहरू सञ्चालन गर्दै गर्दा सहभागीहरूबट प्राप्त प्रेरणा तथा हौसला, उत्प्रेरणा र मायाकी खानी स्वर्गीय आमाको यादले  गीत लेख्न अभिप्रेरित गरेको कारण यो गीत तयार भएको जानाकारी डा. लामिछानेले दिए । उनका अनुसार सबै व्यक्तिमा अथाह क्षमताको भण्डार छ र सकारात्मक सोचले त्यो भण्डारलाई प्रष्फुटन गराएर सफल जीवन नाउन सकिन्छ’ भन्ने सन्देश उनको गीतमा पाउन सकिन्छ । डा. लामिछानेको गीत

The ERIPS नामक युटुव च्यानलमार्फत सार्वजनिक भएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्ः

No comments:

Post a Comment