गीतकार डि.आर. उपाध्यायद्वारा ७ नयाँ रेकर्ड - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Thursday, August 26, 2021

गीतकार डि.आर. उपाध्यायद्वारा ७ नयाँ रेकर्ड



काठमाडौं । गीतकार तथा कवि डा. डी. आर.उपाध्यायले फेरि ७ वटा विश्व रेकर्ड बनाएका छन् । यसअघि गिनिज बुक अफ वर्ल्डसहित ५१ वटा विधामा उनले विभिन्न विश्व रेकर्ड बनाएका थिए । बिहीबार अरु थप ७ वटा विश्व रेकर्ड बनाउँदै उनले आफ्नो विश्व रेकर्डको सङ्ख्या ५९ वटा पुर्‍याएका छन् ।


बिहिबार काठमाडौंमा एक समारोहबिच पूर्व श्रममन्त्री रामेश्वर राय यादव, अग्रज गीतकार चुडामणि देवकोटा तथा अग्रज साहित्यकार राधेश्याम लेकालीले डा. उपाध्यायलाई यी वटा नयाँ विश्व रेकर्ड प्रदान गरे । उनीहरूले डा. उपाध्यायको यो कार्य नेपालकै लागि गौरवको कुरा भएको जिकिर गरे ।

एक महिनाअघि उनले फरक ७ वटा गीति कविता सार्वजनिक गरेका थिए । तिनै ७ वटा गीति कविताबाट थप ७ वटा विश्व रेकर्ड डा. उपाध्यायले बनाएका हुन् ।  गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित विश्वका चर्चित ५२ वटा विधामा यसअघि विश्व रेकर्ड कायम गरेका गीतकार तथा साहित्यकार उपाध्यायले यी ७ वटा गीति कवितालाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गरेका थिए ।

यस पटक उनले विश्व रेकर्ड बनाएका गीति कवितामा विश्वका ११० म्युजिक ब्यान्डको नाम समेटिएको गीति कविता, हामी शब्द ६० पटक समेटिएको गीति कविता, १७० मोबाइल फोनको नाम समावेश गरिएको गीति कविता, ५३ विभिन्न प्रजातिका कुकुरहरुको नामबाट तयार गीति कविता, संसारका प्रचलित ४१ वटा ह्याट–क्वापको नाम समेटिएको गीति कविता, शब्दको अन्त्यमा ‘४३’ अक्षर समावेश गरी बनाइएको गीति कविता, विभिन्न गाडीका ६० वटा मोडलहरुको नामबाट तयार गरिएको विषयमा रहेका छन् ।

उनले यस पटक यी थप सात विश्व रेकर्डलाई पनि द ब्रिटिस वल्र्ड रेकर्ड, अमेरिकन वल्र्ड रेकर्ड, डब्लुएसी वल्र्ड रेकर्ड, एसियन वल्र्ड रेकर्ड, युरोपियन वल्र्ड रेकर्ड, आसाम वल्र्ड रेकर्ड, एभरेष्ट वल्र्ड रेकर्ड, च्याम्पियन वल्र्ड रेकर्ड, युनिभर्सल वल्र्ड रेकर्ड, अफिसल वल्र्ड रेकर्ड, ओएमजी वल्र्ड रेकर्ड, सुप्रिम वल्र्ड रेकर्ड, युआरएफ एशियन वल्र्ड रेकर्ड, बँगाल वल्र्ड रेकर्ड गरी विश्वका १४ वटै वल्र्ड रेकर्डमा दर्ता गराएका छन् । गीत सङ्गीत तथा साहित्य सृजनाबाट यति धेरै विश्व रेकर्ड कायम गर्ने उनी पहिलो नेपाली सर्जक भएको दाबी गरिएको छ । सबैभन्दा बढी विश्व रेकर्ड बनाउनेमा उनी विश्वको दसौँ र एशियाको पहिलो व्यक्तिका रुपमा पर्ने पनि जनाइएको छ । 

No comments:

Post a Comment