काठमाडौं । जनगायक जेबी टुहुरेको बिहीबार काठमाडौँमा निधन भएको छ । आमा दिदीबहिनी हो...लगायत दर्जनौँ जनवादी गीतका गायक टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
भदौ १ गते पक्षघात भएर लडेका उनलाई तत्काल अस्पताल पुर्याइँदा मस्तिष्कमा रगत जम्नुका साथै हातखुट्टा चल्न छाडेको थियो । उनी मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचाप लगायतका दीर्घरोगी पनि थिए । सोही कारण उनको शल्यक्रिया हुन नसकेको अस्पताल स्रोतले जानकारी दिएको थियो ।
उनी दोस्रो संविधानसभाका सदस्यसमेत थिए । वि. सं. २००१ कार्तिक १५ गते धरानमा जन्मेका जुठबहादुर खड्की नेपाली साङ्गीतिक क्षेत्रमा जे. बी. टुहुरेका नामले सुपरिचित थिए । राजनीतिक रूपमा समेत उत्तिकै सक्रिय टुहुरे पछिल्लो समय माओवादी केन्द्रमा संलग्न थिए ।
कसले कसरी दिए टुहुरेलाई श्रद्धाञ्जली ?
No comments:
Post a Comment