बालसाहित्यका दुई पुस्तक एकै साथ विमोचन - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Friday, July 30, 2021

बालसाहित्यका दुई पुस्तक एकै साथ विमोचन

रमेशचन्द्र घिमिरे

लमजुङ । वरिष्ठ साहित्य सर्जक प्रमोद प्रधानको बाल कविता सङ्ग्रह रसैरस रसिली र अर्का वरिष्ठ साहित्य सर्जक विजयराज आचार्यको बालकथासङ्ग्रह स्वयम्भूका आँखाहरू एक साथ विमोचन भएको छन्। दुवै कृति नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले विमोचन गर्नुभएको हो । 


रसैरस रसिलीमाथि बालसाहित्यकार, समालोचक एवम् लमजुङस्थित ईशानेश्वर क्याम्पसका प्रमुख रमेशचन्द्र घिमिरेले समीक्षा गर्नुभएको थियो भने स्यम्भूका आँखाहरूमाथि बालसाहित्य साधक, सम्पादक एवम् प्रसिद्ध बालकथाकार शाश्वत पराजुलीले समीक्षा गर्नुभएको थियो।

बाल वाङ्‍मय तथा अनुसन्धान केन्द्रका सल्लाहकार प्रा. रामकुमार पाँडेको अध्यक्षतामा भएको 


दर्जिलिङ, मुम्बई, सिक्किम, नर्वे र नेपालका ७२ जना साहित्यअनुरागी सहभागी रहेको विमोचन कार्यक्रममा संस्थाकी कोषाध्यक्ष शान्ति सापकोटाले स्वागत गर्नुभएको थियो भने सचिव मञ्जु पौडेल ज्ञवालीले धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन महासचिव अनन्त वाग्लेले गर्नुभएको थियो

No comments:

Post a Comment