शान्ति सापकोटाका दुई कृति सार्वजनिक - सम्मोहन साहित्यिक पत्रिका

Slide1

Friday, July 30, 2021

demo-image

शान्ति सापकोटाका दुई कृति सार्वजनिक

.com/img/a/

shanti
रमेशचन्द्र घिमिरे

लमजुङ । बालसाहित्य सर्जक एवम् कवयित्री शान्ति सापकोटाका दुई बालकृतिको शुक्रबार मोचन गरिएका छन् । बाल वाङ्मय तथा अनुसन्धान केन्द्रको आयोजनामा भएको भर्चुअल कार्यक्रममार्फत् दुई कृतिको एकसाथ विमोचन भएको हो ।


विमोचन भएका कृतिमा बालकथासङ्ग्रह सिमसारको शङ्खे र बालकवितासङ्ग्रह धरतीकी रानी छन्। धरतीकी रानी कृतिमाथि बालसाहित्यका लेखक तथा समीक्षक एवम् ईशानेश्वर क्याम्पस, लमजुङका प्रमुख रमेशचन्द्र घिमिरेले समीक्षा गर्नुभएको थियो भने सिमसारको शङ्खे कृतिमाथि प्रसिद्ध बालकथाकार नेत्र तामाङले विभिन्न कोणबाट समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।


कार्यक्रमको सञ्चालन आयोजक संस्थाकी सचिव मञ्जु पौडेल ज्ञवालीले र स्वागत संस्थाकै महासचिव एवम् विमोचित कथासङ्ग्रहका सम्पादक अनन्त वाग्लेले गर्नुभएको थियो । नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रा. डा. ध्रुवकुमार घिमिरेले शुभकामना मन्तव्यका क्रममा बालबालिकासँग छलफल र परीक्षणपछि ल्याइएको हुनाले पनि कथा बालबालिकाको स्तर सुहाउँदो, माझिएको र बालरुचि अनुकूल रहेको बताउनुभयो।


कार्यक्रमका प्रमुख अतिथि सुप्रसिद्ध छन्दकवि रमेश खकुरेलले कवयित्री शान्ति सापकोटाको लेखनको चर्चा गर्दै नैतिक सन्देशलाई मनोरञ्जन र कलाको साँचोमा ढालेर अप्रत्यक्ष प्रभाव पर्ने गरी लेख्नुपर्ने र छन्द विचलन हुनुबाट जोगिनुपर्ने र यी कुराहरूको पूर्ण परिपालन कवयित्रीबाट भएको अभिव्यक्ति दिनुभयो । कार्यक्रमको सभापति बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष एवम् बालसाहित्यको इतिहास र सिद्धान्तका ज्ञाता प्रमोद प्रधान हुनुहुन्थ्यो जसको रसैरस रसिली बालकवितासङ्ग्रहको विमोचन अघिल्लो दिन सम्पन्न भएको थियो । केन्द्रका उपाध्यक्ष एवम् अघिल्लो दिन विमोचित स्वयम्भूका आँखाहरू बालकथासङ्ग्रहका स्रष्टा विजयराज आचार्यले स्रष्टा शान्ति साापकोटालाई बधाई ज्ञापन गर्दै सहभागी स्रष्टा, अतिथि, समीक्षक र बालसाहित्य अनुरागीहरूलाई धन्यवाद दिनुभएको थियो। 


धरतीकी रानीमा १८ कविता छन् । कलाकार रवीन्द्र मानन्धरको आकर्षक चित्रसज्जा रहेको यो किताब रङ्गीन रहेको छ । ४० पृष्ठको किताबको मूल्य २५० रुपैयाँ तोकिएको छ।  सिमसारको शङ्खे बालकथासङ्ग्रहमा ५ कथा छन् । यसमा कीर्तिकिशोर जोशीका चित्र छन् । ३२ पृष्ठको यस कथाको किताबको मूल्य १५० रुपैयाँ तोकिएको छ । दुवै पुस्तकहरू विवेक सिर्जनशील प्रकाशन प्रा.लि.बाट प्रकाशित भएका हुन् ।

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *