मान्छे र पहिरोहरू (कविता) — निष्प्रभ सजी - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, July 3, 2021

मान्छे र पहिरोहरू (कविता) — निष्प्रभ सजी

 मान्छे र पहिरोहरु

               —    निष्प्रभ सजी





भीरमुनि उभिएर
पहिरो
पखिर्रहेको छ मान्छे

पहिरो कहिले
उस्को आगन हु“दै बग्छ
पहिरो कहिले
उस्को मन छु“दै बग्छ

यी थरिथरिका पहिरोहरुबाट
खै कसरी
तर्किरहेको छ मान्छे

उसलाई थाहा छ
भीर  डरलाग्दो हुन्छ
सायद कतै टेक्ने ठाउ“ नभएपछि
भीर छोड्न सक्दैन मान्छे

उसलाई नसम्झाइदेऊ
पोहोर साल
परार साल
सम्झियो भने मनै भत्किन्छ

यसपालि त
घर भात्किए पनि
मन भत्काउ“दिन भन्दै
डर लाग्दो भीरमुनि उभिएर    
पहिरो
पर्खिरहेको छ मान्छे 
यी थरिथरिका पहिरोहरुबाट
खै कसरी तर्किरहेको छ मान्छे  ।

No comments:

Post a Comment