बालकविता
इन्द्रेणी
-विमला ढुङ्गाना निरौला
हेर साथी आकाशमा
सप्तरङ्गी धर्सा
जति हेर्यो उति मलाई
लाग्न थाल्यो हर्ष
खोलाबाट निस्किएर
खोलाभित्रै पसिन्
धर्ती आकाश ढाकी आफैँ
पानीमाथि बसिन्
इन्द्रेणी हो उनको नाउँ
घरी पानी झार्छिन्
पानीबाटै माथि आई
डाँडा-काँडा चार्छिन्
मलाई पनि इन्द्रेणी यो
छुन मन लाग्यो
इन्द्रेणीझैँ माथि-माथि
हुन मन लाग्यो ।।
*****************
घट्टेकुलो, काठमाडौँ
हाल : भर्जिनिया, अमेरिका
No comments:
Post a Comment