मुक्तकको घोषणपत्र, २०७० - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Friday, July 23, 2021

मुक्तकको घोषणपत्र, २०७०


 

मुक्तकको घोषणपत्र

नेपाल मुक्तक प्रतिष्ठान र मुक्तक मञ्च पोखराको आयोजनामा २०७० माघ १६-१८ मा सम्पन्न बृहत् मुक्तक कार्यशाला गोष्ठीले जारी गरेको मुक्तकको रचना विधानसम्बन्धी पोखरा घोषणा पत्रका बुँदाहरु निम्न बमोजिम रहेका छन् :

१.  १.     वर्तमान नेपाली साहित्यमा मुक्तक अत्यन्त लोकप्रिय रचनाप्रकार भएकाले यसको         समुन्नयन र स्तरीकरणका लागि गम्भीर विमर्शका साथ कार्यहरु गर्ने,
२.     मुक्तकको विषय, संरचना र शैलीमा समेत नवीन प्रयोगहरू देखिइरहेका सन्दर्भमा स्तरीय मुक्तकहरुलाई सम्मान गर्दै वर्तमानमा लोकप्रिय रहेको चतुष्पदी (चार हरफे) आयाममा विस्तारित मुक्तकलाई मानकस्वरुप प्रदान गर्ने,
३.     नेपाली मुक्तकमा संस्कृत साहित्यको चतुष्पदी श्लोकी शैली, अरबी फारसीमा प्रचलित रुवाईयात र अङ्ग्रेजीमा प्रचलित क्वाट्रेन र गद्य कवितात्मक शैलीका साथै नेपाली लोक लयात्मक शैलीसमेतको अन्तरमिश्रणबाट विकसित नेपाली मुक्तकमा        मौलिकपनको खोजीका लागि प्रयास गर्ने,
४.     लघुतम कविताका विविध रुप हाईकु, ताङ्का, दोहा आदि छोटा कविता आफ्नै नामले परिचित भएकोले त्यस्ता रचनालाई मुक्तक अन्तर्गत नराख्ने,
५.     क्रमश: पछिल्ला पङ्क्तिहरूमा भावोत्कर्ष हुनु र अन्तिम पङ्क्तिले विचार, कथ्य वा भावको पटाक्षेप गरी रहस्यको उद्‍घाटन गर्नु नै मुक्तकको निजत्व भएकोले यस प्रकारको मुक्तक रचनामा जोड दिने ।




No comments:

Post a Comment