मेरो स्कुल (बालकविता) -राधा आचार्य - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Thursday, July 22, 2021

मेरो स्कुल (बालकविता) -राधा आचार्य

बालकविता

       मेरो स्कुल 

                       -राधा आचार्य 

मेरो आज स्कुल छ

घरभित्रै कक्षा छ


बाटो हिँड्नुपर्दैन

बस चढ्नुपर्दैन

पुस्तकले सजा’को

घरमै कक्षाकोठा छ


पुस्तक लिई हातमा

बस्छु ढुक्कै खाटमा

कापी कलम लिएर

हेर हेर लौ हेर

कक्षा सुरू भो हेर


मेरी आमा चलाख

मान्नुपर्छ दिमाग

टिम्स खोली दिनुभो

आफ्नो धन्दामा लाग्नुभो


मैले गरेँ नमन

फुर्क्यो मेरो यो मन

गुरुमाका हात त

आशिष दिन उठे त


थिए साथी मेरा नि

पढ्यौँ पढ्ने बेला नि ।

               अन्नपूर्ण मा. वि., गोलपार्क, बुटवल

No comments:

Post a Comment