तारा - नम्रता गुरागाईं (बालकविता) - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Thursday, July 22, 2021

तारा - नम्रता गुरागाईं (बालकविता)

बालकविता 

           तारा   

                        - नम्रता गुरागाईं

हेर हेर आकाशमा 

कति धेरै तारा

बिहान हुनासाथ 

बिलाई जान्छन् सारा ।


चमक चमक चम्किँदै 

बत्ती बाल्छन राति

हेर हेर साथी हो 

जून-ताराको ताँती ।


तारा हुन्छन् हामीलाई 

अँध्याराको साथी

छुन खोज्दा भेटिँदैनन् 

बस्छन माथि-माथि ।


आऊ खेलौँ ताराहरू

चम्किएको बेला

हामीलाई देखेपछि 

अझै चम्किदेला ।

************

       सुन्दर हरैचा, मोरङ

       हाल: नर्थ क्यारोलाइना, अमेरिका

No comments:

Post a Comment