ऊ अर्थात् ‘आधुनिक झोले’ (कविता)- यज्ञराज पौडेल - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Monday, July 5, 2021

ऊ अर्थात् ‘आधुनिक झोले’ (कविता)- यज्ञराज पौडेल

कविता  

  ऊ अर्थात् ‘आधुनिक झोले’

                                                   - यज्ञराज पौडेल


न त केही पाउनु छ

उसका नेताले केही पाउँदा

यत्तिकै खुसी हुन जानेको छ । 

नेता ओरालो लाउँदा 

आफैँले केही गुमाउने त होइन

खै किन हो दु:खी हुन्छ

पार्टीका घोषणापत्र होइन

नेताका भाषण सुनेर उचालिन्छ 

र सामाजिक सञ्जालमा

अनायासै विरह पोख्छ । 


ज्ञानको कुरा गर्दा

डिग्रीको सर्टिफिकेट

सुविधाको कुरा गर्दा

हातमा फोर जी इन्टरनेट

आवरण हेर्दा

विकसित पश्चिमा देशको मान्छे जस्तो 

बाउ, बाजेभन्दा फरक

तर अझै एक कदम अगाडि छ

बाजेले चौतारीका जमघटमा

बाउले चिया पसलमा 

दर्शन छाँटे जस्तो

ख्वामितले पढाएको कथा 

र भुटेको बद्धिअनुसार

सामाजिक सञ्जालमा प्रकट हुन्छ 

खुसी, उमङ्‍ग, आवेश, आक्रोश, कुण्ठा र दम्भ पोखेर

र सेलाउँछ लाइक र कमेन्ट गनेर । 


खासमा एक भोटबाहेक

उसको ठुलो औकात छैन

ऊ अर्थात् आधुनिक झोले ।

                पोखरा-२५, हेमजा, कास्की

No comments:

Post a Comment