प्रतीक्षित ती आँखाहरू (कथा) -साधना प्रतीक्षा - सम्मोहन साहित्यिक पत्रिका

Slide1

Saturday, July 3, 2021

demo-image

प्रतीक्षित ती आँखाहरू (कथा) -साधना प्रतीक्षा

.com/img/a/

 कथा  

        प्रतीक्षित ती आँखाहरू        

                                        -साधना प्रतीक्षा

sadhana+pratiksha
    अस्पतालको शैयामा दुई दिनदेखि ऊ पल्टिरहेकी छे । चेतनाको लेसमात्र पनि उसमा देखि“दैन । टाउको पूरै सेतो पट्टीले बेरिएको छ । नाकमा अक्सिजनको पाइप घुसारिएको छ । उसको अनुहारको रङ देख्दा अनुमान गर्न सकिन्छ कि त्यहा“ कुनै जीवन्तता हुन सक्दैन । प्रश्न आपैंmमा अनुत्तरित छ कि सेता पोशाकधारीहरू किन उसलाई मृत घोषित गर्दैनन् ? के अभैm पनि त्यहा“ जीवन सम्भव छ ? प्रश्नमा अल्झिरहेका एक जोडी आ“खा उसको छेउमा पोखिएका छन् । ती लाचार मर्द आ“खाहरू आÇनी प्यारी छोरी खोज्दैछन् त्यो अचेत शरीरमा । डाक्टर तथा नर्सहरूको आवतजावतस“गै उसमा आशाको झिनो त्यान्द्रो पलाउ“छ अनि भएभरको साहस बटुलेर सोध्छ— “हजुर ! मेरी छोरी कहिले होसमा आउँछे ?”
“हामीले अपरेसन गर्नुअघि नै भनेका थियांै नि अपरेसन सफल हुन पनि सक्छ, नहुन पनि सक्छ । भोलिसम्म होस आउन पनि सक्छ ।” यसबाहेक डाक्टरस“ग जवाफ पनि त थिएन । फेरि राजधानीको गनिएको प्राइभेट अस्पतालका नामी डाक्टरलाई बोल्ने फुर्सद पनि कहा“ हुन्छ र ? त्यो पनि एउटा गरिब गाउ“लेस“ग† बिचरा† ऊ घरिघरि छोरीको चिसिएको शरीर छाम्थ्यो अनि त्यही चिस्यानमा डुबेर भित्रभित्रै थर्र काम्थ्यो । छोरीलाई केही भयो भने....? के जवाफ दिने जहानलाई ? हाम्री छोरीलाई जसरी पनि निको पारेर ल्याउ“छु भन्दै रातारात एम्बुलेन्स झिकाएर ल्याएको थियो । उसले सुनेको थियो, यस्ता अस्पतालमा त जस्तो बिमार पनि निको हुन्छ । आÇनी छोरी अहिलेसम्म इन्तु न चिन्तु भएकामा उसलाई अचम्म लागिरहेको छ ।
    उसले पुन छोरीको नजिकै गएर उसलाई नियाल्न थाल्यो । त्यस्ता पुक्क उक्सेका गाला कति चा“डै सुकेर खपटिएछन्† अनुहारको रङै बेग्लै भएको जस्तो लाग्यो । जिउ पनि अररो भएजस्तो । खाल्टोभित्रबाट एकजोडी आ“खाले मौनतामा प्रश्न गरेभैंm लाग्यो उसलाई— “बा ! काठमाण्डु किन यति अ“ध्यारो ?” सा“च्चै उसलाई आÇनो वरिपरि अन्धकार पैmलिएभैंm लाग्यो । फेरि आपूmलाई सम्हाल्यो र मन बुझायो । छोरी होसमा आएपछि उसलाई बिस्तारै निको होला अनि त पूरै सहर घुमाउनेछु । झिलिमिली सहर देखेर ऊ कति रमाउली† मनमनै रोमाञ्चित भयो ऊ । “पसलमा लगेर जिलेबी आदि मीठाइ खुवाउ“दा.....† गुलियो साह्रै मन पराउँछे । बरु भिटामिन खुवाएर भए पनि छिटै निको बनाउनुपर्छ, दसै“ आइसकेको छ । भएका तिनै दुइटा खसी बेचिदिउ“ला नि त ।” यस्तै के के कल्पना गरेर उसले रात बितायो ।
    बिहानै एउटी नर्स आएर उसलाई कागजका केही पाना थमाउ“दै भन्छे, “दाइ, तपाईंकी छोरी अब लैजानुस् । यो बिल तिरेर आउनुस् । बेड चार्ज, औषधि, अक्सिजन, रगत....सबै गरेर तीस हजार...।” नर्स आÇनो बाटो लाग्छे । ऊ हेरेको हे¥यै हुन्छ । छोरी कहा“ लैजाने ? ऊ त बेहोसै छ । फेरि यो पैसा† अपरेसनको दस हजार त सापटी मागेर बुझाएको थियो । उसले केही बुझ्नै सक्दैन । बुझोस् पनि कसरी ? एउटा अति सोझो अनि विकट गाउ“ले† ऊ ट्वाल्ल परेर जहा“को त्यहीं उभिइरहन्छ । उसको कानमा छोरीले भनेभैंm लाग्छ— “बा ! हिड हामी आÇनै गाउ“ जाऔ“ । मलाई सहरमा बस्ने रहर छैन । आमाले बाटो हेररिहेकी होलिन् । बा ! मेरो हात समात न । मलाई केले तान्दैछ ...बा, यता आऊ न, म उठ्न सकिनँ, मलाई बोकेर लैजाऊ न.......।”
    उजेली गाउ“भरिकै रोजा केटी थिई । नामअनुसारकै उज्याली । मोटीघाटी, टम्म मिलेको जिउ, पुक्क परेका गाला, साह्रै हिस्सी परेकी । बोली मिजास पनि राम्रो हुनाले ऊ सबैकी प्यारी थिई । उमेरले बाह्र वर्ष मात्र भए पनि हलक्क बढेकी । लेकाली गाउ“ हुनाले स्कुल टाढा थियो । बिहानबेलुकी बाख्रा डुलाउने अनि घरको काम गर्नुपर्ने । एउटा सानो भाइ पनि थियो । आमा मेलापात जा“दा त्यसको स्याहार पनि गर्थी । उजेलीलाई पढ्ने साह्रै रहर थियो तर स्कुल नाम मात्रको । शिक्षक प्राय नआउने, आए पनि पढाउने पटक्कै होइन । केटाकेटीहरू पनि प्रायः आउ“दैनथे । उसलाई भने आपूm पनि पढेर छिमेकी रमा दिदीजस्तै हुने रहर थियो । काठमाडौ“मा बसेर जागिर खाने रमा दिदी गाउ“ गएका बेला ऊ खुब पछ्याउँथी । राति पनि उनैकहा“ गएर सुत्थी । सफा सुग्घर र चिटिक्क परेकी रमा दिदी उसलाई आपूmले सुनेका कथाकी राजकुमारीजस्ती लाग्थी । गाउ“का सबैले रमा दिदीलाई मान्थे । सबैले भन्थे, “रमाले धेरै पढेकी छ त्यसैले उसले सुख पाउ“छे ।” उजेलीले आÇनी आमाको दुःख देखेकी थिई । उसलाई लाग्थ्यो नपढेका कारण उसकी आमा र गाउ“का आइमाईहरूले दुःख पाएका होलान्  त्यसैले ऊ पढेर त्यस्तो दुःखबाट मुक्त हुन चाहन्छे । आमाबाबुस“ग आपूmलाई रमा दिदीलाई जस्तै धेरै पढाइदिन भन्ने गर्थी । उसका आमाबाबुलाई समस्या परेको थियो किनकि एक त आÇनो गरिबी अर्को गाउ“मा पढ्ने वातावरण पनि थिएन । टाढाको स्कुल त्यो पनि पढाइ नहुने । घरमा कामधन्दामा लाग्ने छोरीलाई यसो अक्षरसम्म चिनाए त भैहाल्यो नि भन्ने मानसिकता ।
    तीजताका रमा दिदी गाउ“ आएको बेला उजेलीका बाले ऊस“ग आÇनी छोरीको पढ्ने चाहनाका बारेमा सल्लाह गर्दा रमा दिदीले काठमाडौ“मा आपूmले राम्ररी चिनेको एकजनाले एउटी केटी खोजेको तथा राम्ररी पढाइदिने भनेको सुनाइन् । सानो र शिक्षित परिवार हुनाले काम धेरै गर्नु नपर्ने, फेरि मान्छे पनि असल भएकाले पठाउने भए लगिदिने कुरा गरिन् । यो सुनेर उजेली साह्रै खुसी हु“दै भन्न थाली, “बा ! हामीस“ग सहरमा बसेर पढ्ने पैसा छैन । यहा“ स्कुलमा पढाइ हुँदैन । दस कक्षा पुगेकालाई राम्ररी अक्षर पढ्न पनि आउ“दैन त्यसैले म त्यहा“ गएर राम्ररी पढ्छु र ठूलो मान्छे बन्छु ।” एउटी छोरीलाई त्यसरी अर्काको घरमा पठाउने इच्छा त थिएन तर पनि छोरीको इच्छाका सामु उनीहरूको केही लागेन र उजेली रमा दिदीस“ग काठमाडौ“ जाने पक्का भयो ।
    उजेलीको भुइ“मा खुट्टो नै थिएन । ऊ फुरुङ्ग परेकी थिई । रमा दिदीलाई एकछिन नछोडी पछ्याउँथी, मानौ“ उसलाई डर थियो– कतै उसका सट्टा रमा दिदीले अरु कसैलाई पो लगिदिने हो कि ! अचानक उसकी आमा बिरामी परेकाले ऊ रमा दिदीस“ग जान पाइन तर पनि दसै“ सकिनासाथै जाने पक्कापक्की गरेर रमा दिदी सहर गइन् । उजेलीलाई अब रमा दिदी कहिले आउलिन् र उसलाई लैजालिन् भन्ने छट्पटी हुन थाल्यो । ऊ दिनको एकपल्ट रमा दिदीको घरमा गएर उनी कहिले आउ“छिन् भनेर सोध्थी । बिस्तारै उसकी आमालाई निको भएको हुनाले ऊ झनै खुसी भएकी थिई । छरछिमेक अनि साथीहरूलाई उसले आपूm काठमाडौ“ जाने कुरा सुनाइसकेकी थिई । एकातिर उसमा खुसीको सीमा नै थिएन भने अर्कातिर आपूm गएपछि आमालाई कसले सघाउला भनेर कताकता उसलाई दुःख पनि लाग्न थालेको थियो । जे भए पनि आपूm पढेर ठूलो मान्छे बन्ने चाहनाले नै जितेर ऊ सहर जाने निर्णय गरेर दसै“ र रमा दिदीको प्रतीक्षा गर्न थालेकी थिई ।
    स्कुलमा दोस्रो त्रैमासिक परीक्षा सुरु हँुदै थियो । उसकी आमाले उसलाई नजिकै गएर बाख्रलाई थोरै घा“स लिएर आइज र स्कुल जालिस्” भनेकीले ऊ ह“सिया र नाम्लो लिएर हिँडी । जाने बेलामा भनी, “नजिक–नजिकको घा“स त तिमीले काटौली नि, अब म नभएपछि त तिमीलाई टाढा जान गाह्रो पर्छ । अब त भाइले पनि तिमीलाई हैरानै पार्छ होला ।” ऊ हरियो घा“स खोज्दै हिँड्न थाली । बाख्रो ब्याउने हुनाले राम्रो घा“स ख्वाउने विचार थियो । अलि तलको भिरमा उसले हरियो घा“स देखेकी थिई । ऊ त्यतैतिर हानिई । रुख चढेर घा“स झार्दै थिई, अनायास खुट्टा चिप्लियो । उसले सन्तुलन गुमाउन पुगी । उसको काठमाडौ“को सपना भङ्ग भयो । बा“की थियो त केवल एउटा करुण चित्कार । तल छङ्छङ् गर्दै बगेको खोलो अनि माथिको त्यो डरलाग्दो भिर ।
    घाम डुब्न लागेको बेला वस्तु फर्काउन आएका गाउ“लेले रगताम्य अवस्थामा बेहोस भएर लडेकी बालिकालाई देखेर हारगुहार गरेपछि सबै जम्मा भए । हतार हतार बोकेर सदरमुकाम ल्याइयो र एम्बुलेन्स झिकाएर काठमाडौ“को नामी अस्पतालमा पु¥याइयो । उसको अवस्था अत्यन्त चिन्ताजनक भैसकेको थियो तर पनि एउटा अनपढ र सोझो गाउँलेलाई त्यहा“ ल्याएपछि आÇनी छोरी बा“च्छे भन्ने आशा थियो तर........।
    गमलामा हुर्कंदै गरेको एउटा कोपिला फराकिलो अनि मलिलो मैदानमा पुगेर फुल्ने आशा बोकेर त्यो दिनको प्रतीक्षा गर्दै थियो तर त्यो दिन आउनुपूर्व नै उसले यस संसारलाई छोड्नुप¥यो । उसका आ“खामा काठमाडौ“को सपना यति प्रबल रहेछ कि दिनभर मृत्युस“ग लड्दै एकमुठी सास लिएर ऊ त्यहा“ पुगी । बाबुलाई पचास हजारको ऋण बोकाएर ऊ आर्यघाटको पाहुना बनी । चितामा चढाउ“दासम्म पनि उसका आ“खा प्रतीक्षित नै थिए त्यो दिनको........†
                                                                         त्रि.वि., नेपाली केन्द्रीय विभाग, कीर्तिपुर
                                                                           pratiksha_sadhana@yahoo.com  

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *