ए सरकार ! उपचार दे (कविता) - रामकृष्ण ‘तारा’ - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Thursday, July 1, 2021

ए सरकार ! उपचार दे (कविता) - रामकृष्ण ‘तारा’

 

कविता

     ए सरकार ! उपचार दे

                                     - रामकृष्ण तारा

ए सरकार ! खान मन लाएजति खा !

वाइडबडी खा, न्यारोबडी खा !

तेत्तिस किलो सुन खा

बालुवाटार पनि मिलेर खा

एनसेलको फोरजी खा

औषधि-सामान खरिदमा

ओम्नीसँग मिलेर खा

भ्याक्सिनमा निजीसँग मिलेर खा

लुकाई छिपाई जति खानु छ खा

ए सरकार ! को कोलाई के के बनाउनु छ

त्यो पनि सबै बना

सासू-सालीकी छोरीलाई राजदूत बना

सम्धीलाई जी. एम. बना

सालो-भतिजोलाई पी. ए. बना

जति जति खानुपर्ने हो, खा

जे जे बनाउनुपर्ने हो बना

तर ए सरकार ! बिन्ती छ

निरीह जनतालाई अरू केही पर्दैन

कोरोनाले धुक्लु धुक्लु परेर

बल्लतल्ल एक मुठी सास

अस्पतालको छिँडीसम्म पुर्‍याउँदा

अक्सिजन दे, बेड दे !

मात्र उपचार दे सरकार !

                        भरतपुर, चितवन

No comments:

Post a Comment