गीत - बिर्सना बस्नेत - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Thursday, July 1, 2021

गीत - बिर्सना बस्नेत

               गीत 

                              - बिर्सना बस्नेत










रुन्नँ भन्छु भइदिन्छ नयन भरिभरि

सम्झना र मनको तस्बिर मेटाऊँ कसो गरी 


न सकियो भाग्य लेख्न न सकियो मेट्न

किन आयौ जिन्दगीमा छुरा बनी रेट्न

नआउनू सपनीमा भेट्न घरिघरि

सम्झना र मनको तस्बिर मेटाऊँ कसो गरी


कसो गरी चिन्नु मैले को आफ्नो को पराई

मन भुलाउन कहाँ बसूँ हिमाल, पहाड, तराई

उडी जाऊँ ठाउँ छैन पिँजडाकी चरी

सम्झना र मनको तस्बिर मेटाऊँ कसो गरी

                                    पोखरा

सम्मोहन-२ बाट साभार

No comments:

Post a Comment