पोखरा, असोज १० गते । लघुकथा प्रतिष्ठान, पोखराद्वारा आयोजित ८९ औँ नियमित लघुकथा वाचन शनिवार पोखरामा सम्पन्न भएको छ ।
लघुकथा प्रतिष्ठानका
अध्यक्ष कल्याण पन्तको अध्यक्षतामा भएको कार्यक्रममा ढाकामोहन बराल, जमुना कायस्थ, रामचन्द्र आचार्य, लक्ष्मण गौतम 'हिमाली', डा.
ईश्वरमणि अधिकारी, लक्ष्मण थापा, अल्पविराम
पोखरेली र कल्याण पन्तलगायतले लघुकथा वाचन गरेका थिए ।
लघुकथा प्रतिष्ठानका
निवर्तमान सल्लाहकार लक्ष्मण थापाले लघुकथाकारहरूलाई स्वागत मन्तव्य राखेका थिए
भने सो प्रतिष्ठानका सदस्य ढाकामोहन बरालले कार्यक्रम सञ्चालन गरेका थिए ।
२०७४ चैत महिनाको १०
गते भएको साहित्यकारहरूको व्यापक छलफलपछि
पोखरामा हरेक महिनाको दोस्रो शनिवार नियमित लघुकथा वाचन पोखरा गैह्रापाटनस्थित
पश्चिमाञ्चल माध्यमिक विद्यालयमा हुँदै आएको छ । आगामी कार्यक्रम कार्तिक १४ गते
शनिवार हुने अध्यक्ष पन्तले बताए । नियमित रूपमा आख्यान विधाको लघुकथा वाचन गर्ने
यो लघुकथा प्रतिष्ठान नेपालकै एक मात्र संस्था हो ।

No comments:
Post a Comment