पोखरा, भदौ २१ गते । लघुकथा प्रतिष्ठान, पोखराको तेस्रो अधिवेशनले कल्याण पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको अधिवेशनबाट
उपाध्यक्षमा गीता तिवारी, सचिवमा विष्णुप्रसाद बाँस्तोला र कोषाध्यक्षमा
कृष्णप्रसाद बाँस्तोला सर्वसम्मत चयन भए । समितिका सदस्यहरूमा रुपिन्द्र प्रभावी,
डा. नवराज न्यौपाने, शोभा लामिछाने, ढाकामोहन बराल र गायत्री पराजुली रहेका छन् ।
सोही अवसरमा सम्पन्न साधारण सभाले अध्यक्ष लक्ष्मण थापाद्वारा
प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष गीता तिवारीद्वारा प्रस्तुत आर्थिक
प्रतिवेदन पारित गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको कार्यक्रममा
हरेक २ वर्षमा नेपाली लघुकथामा क्रियाशील कथाकार, समालोचक, अनुसन्धाता वा
संस्थालाई दिइने गरी लघुकथा पुरस्कार स्थापनाको घोषणा गरिएको छ । पुरस्कार विनियम मस्यौदा
लेखन समितिका सदस्य रुपिन्द्र प्रभावीद्वारा प्रस्तुत विनियम साधारण सभाले छलफलपछि
पारित गरेसँगै पुरस्कार स्थापना भएको घोषणा गरिएको छ । समाजसेवी रामप्रसाद बतासद्वारा
प्रदान गरिएको १ लाख रुपियाँबाट सुरु भएको अक्षयकोषमा प्रतिष्ठानका पदाधिकारी,
सल्लाहकार र लघुकथाप्रेमीले रकम थप गरी हाल २ लाख रुपियाँ पुर्याइएको छ । डा. ईश्वरमणि
अधिकारीको संयोजकत्वमा प्रभावी र शोभा लामिछाने रहेको समितिले तयार पारेको विनियम
पारित भएको हो । अक्षयकोषमा आफूले सक्दो सहयोग गर्न अध्यक्ष लक्ष्मण थापाले आग्रह
गरेका थिए ।
यसअघि उद्घाटन सत्रमा वरिष्ठ साहित्यकार सरुभक्तले कुनै
पनि संस्थाले रचना वाचन मात्र होइन, त्यसउपर समीक्षा गर्ने परम्परा अगि बढाउनुपर्ने
धारणा राखे । उनले लघुकथा प्रतिष्ठानले गद्य लेखनका क्षेत्रमा पुर्याएको योगदानको
प्रशंसा गर्दै लघुकथाका क्षेत्रमा नयाँ पुरस्कार स्थापना हुनु गौरवको कुरा भएको
बताए ।
सदस्य डा. ईश्वरमणि अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा साहित्यकार दीपक समीपले शुभकामना दिएका थिए ।
No comments:
Post a Comment