जीवन जीवन्तको चरैवेति उपन्यासमाथि परिचर्चा - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, June 8, 2024

जीवन जीवन्तको चरैवेति उपन्यासमाथि परिचर्चा


 

तनहुँ । त्रिभुवन विश्वविद्यालय नेपाली विषयका उपप्राध्यापक डा. जीवन जीवन्तको उपन्यास चरैवेतिमाथि शुक्रबार आँबुखैरेनीमा अन्तर्क्रिया गरिएको छ । आँबुखैरेनी स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा उपन्यासले धर्मान्तरणको विषय उठान गरेको भन्दै चर्चा भएको थियो ।

स्रष्टा समाजको वार्षिकोत्सवको पूर्वसन्ध्यामा कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिए । वार्षिकोत्सवका अवसरमा शनिबार स्रष्टा सम्मानको कार्यक्रमसमेत रहेको श्रेष्ठले बताए ।

चरैवेति संवाद नाम दिइएको अन्तर्क्रियालाई त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका उपप्राध्यापक डा. अशोक थापाले सहजीकरण गरेका थिए । डा. थापाले चरैवेति उपन्यासमाथि केन्द्रित रही समीक्षकद्वय डाक्टर शान्तिमाया गिरी र अर्जुनकुमार ढकाल एवम् लेखक जीवन जीवन्तबिच अन्तर्क्रिया गराएका थिए । उपन्यासकारले सामाजिक सांस्कृतिक विलयको चिन्ताले धर्मान्तरणको विषयमा उपन्यास लेखेको बताए । डा. गिरिले बाइबललाई विषय बनाइएको यो पहिलो उपन्यास भएको धारणा व्यक्त गरेकी थिइन् । समीक्षक ढकालले बाइबल, वेद, किराँत र प्रकृति यस उपन्यासको चार आयाम भएको विचार व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै समीक्षक रमेश प्रभातले चरैवेतिमा धर्मान्तरणको मुद्दा बलियोसँग उठान भएको बताए ।

No comments:

Post a Comment