५८ औँ लघुकथा वाचन - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, February 24, 2024

५८ औँ लघुकथा वाचन

 


पोखरा । लघुकथा प्रतिष्ठान, पोखराको नियमित लघुकथा वाचनको ५८ औँ शृङ्खला शनिवार सम्पन्न भएको छ ।

प्रतिष्ठानका कार्यवाहक अध्यक्ष कल्याण पन्तको अध्यक्षतामा भएको कार्यक्रममा भाषा आयोगका सदस्य डा. पुष्करराज भट्टले लघुकथा सूत्रात्मक संरचना भएको आख्यानात्मक विधा भएको बताए । ‘कतिपय कथाकारहरू मैले यति नभने पाठकले बुझ्दैनन् भन्ने भ्रम राख्छन्’ उनले भने, ‘चरित्र, परिवेश आदि चित्रण गर्नु लघुकथाको विशेषता होइन ।’ नेपाली लघुकथामा पहिलो पटक विद्यावारिधि गरेका भट्टले लेखक र समालोचकबिच स्वस्थ अन्तरक्रिया हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा अल्पविराम पोखरेली, दीपक समीप, शिवु ढकाल, शोभा लामिछाने, ढाकामोहन बराल, गीता तिवारी, विष्णु बास्तोला, किसन पौडेल, श्याम श्रेष्ठलगायतले आफ्ना लघुकथा वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन सदस्य रुपिन्द्र प्रभावीले गरेका थिए ।

No comments:

Post a Comment