साहित्यकारद्वय रमेश र नवीनलाई मातृशोक - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Friday, February 23, 2024

साहित्यकारद्वय रमेश र नवीनलाई मातृशोक

 


पोखरा । साहित्यकारद्वय रमेशचन्द्र घिमिरे र नवीनचन्द्र घिमिरेलाई मातृशोक परेको छ ।

लमजुङको मध्यनेपाल-६, भोर्लेटारमा रही साहित्य सिर्जना गर्दै आएका साहित्यकारद्वयकी आमा भीष्मकुमारी घिमिरेको ७९ को उमेरमा फागुन १० गते साँझ ६ : ४५ मा पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । सारङ्गी न्युजका कलासाहित्य संयोजक रमेशचन्द्र नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका सचिव हुन् । उनी मुक्तक मञ्च, लमजुङका अध्यक्षसमेत हुन् । गीत, कविता, मुक्तक, लघुकथा, गजलसँगै विशेष गरी बालसाहित्यमा कलम चलाउने रमेशका घुमाउने घर, सानी पुतलीलगायतका कृति प्रकाशित छन् । उनी ईशानेश्वर बहुमुखी क्याम्पसका प्रमुखका रूपमा कार्यरत छन् । नवीनचन्द्र नेपाली लेखक सङ्घका पूर्व केन्द्रीय सचिव हुन् । नवीनका यात्रासंस्मरण र गीतसङ्ग्रह प्रकाशित छन् ।

 स्वर्गीय घिमिरेका रमेश, नवीन र सुरेशचन्द्र गरी ३ छोरा तथा सुशीला र सरिता गरी २ छोरी छन् ।

 

No comments:

Post a Comment