लघुकथा वाचनको ५४ औँ शृङ्खला - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, September 30, 2023

लघुकथा वाचनको ५४ औँ शृङ्खला

 


पोखरा । लघुकथा प्रतिष्ठान, पोखराको ५४ औँ लघुकथा वाचन शनिबार सम्पन्न भएको छ । प्रतिष्ठानले हरेक महिनाको दोस्रो शनिबार लघुकथा वाचन गर्दै आएको छ ।

प्रतिष्ठानका अध्यक्ष  लक्ष्मण थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कल्याण पन्तले स्वागत गरेका थिए । नेपाली लेखक सङ्घ, कास्कीकी अध्यक्ष रीता अधिकारी ‘ऋतु’ ले कार्यक्रममा वाचित लघुकथाले समसामयिक विषयमा निकै मर्मस्पर्शी भाव प्रस्तुत गरेको बताइन् । अध्यक्ष थापाले प्रतिष्ठानले निकट भविष्यमै विशेष कार्यक्रम आयोजना गर्ने सोच अघि बढाएको जानकारी दिए ।

कार्यक्रममा डा. ईश्वरमणि अधिकारी, दीपक समीप, रुपिन्द्र प्रभावी, कल्याण पन्त, लक्ष्मी देवकोटा, बल थापालगायतले लघुकथा वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव अमृत क्षेत्रीले गरेका थिए ।

No comments:

Post a Comment