गजल सन्ध्याको २४३ औँ शृङ्खला - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, September 30, 2023

गजल सन्ध्याको २४३ औँ शृङ्खला

 


पोखरा । गजल सन्ध्या, पोखराको २४३ औँ शृङ्खला शनिबार सम्पन्न भएको छ । सन्ध्याले हरेक महिनाको दोस्रो शनिबार गजल वाचन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सन्ध्याका सदस्य विष्णु सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्षत्रय दीपक समीप, रुपिन्द्र प्रभावी, कपिल शर्माले गजल प्रस्तुत गरेका थिए । यस्तै लक्ष्मण थापा, रीता अधिकारी, प्राञ्जल, श्रीराम अधिकारी, गीता अधिकारी ‘जून’, नवानन्द जैसी, शिव त्रिपाठी, रमा खतिवडा, समीप वैरागी, कृष्ण बुढा, कमल विक, विक्रम ओलीलगायतले आफ्ना गजल वाचन गरेका थिए ।

कार्यक्रमको सञ्चालन सदस्य माधव खतिवडाले गरेका थिए ।

No comments:

Post a Comment