सुनको महल म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित) - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Tuesday, October 5, 2021

सुनको महल म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

पोखरा । गायक तथा मोडल दीपेन्द्र बुढा ठकुरीको सुनको महल  बोलको सुगम गीतको म्युजिक भिडियो मङ्गलबार सार्वजनिक भएको छ ।

चर्चित कलाकारद्वय केकी अधिकारी र नीर शाहसहित दीपेन्द्र बुढा ठकुरीको समेत अभिनय रहेको म्युजिक भिडियोको निर्देशन गायक तथा सङ्गीतकार अर्जुन थापाले गरेका हुन् ।


भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै गायक ठकुरीले गीत आफ्नो वास्तविक जीवनसँग नजिक रहेको बताए । आफ्नो जीवनमा मात्र नभई यो गीत अन्यको जीवनसँग पनि मेल खाने उनले बताउँदै पोखरामा भिडियो सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए । ठकुरीले यो गीतपछि अर्को भाग पनि आउने बताउँदै गीत सङ्गीतप्रतिको झुकाव सानैदेखि रहेको र अहिले आएर त्यो सपना पूरा गर्न पाएको उल्लेख गरे । उनले दर्शक स्रोताको माया पाउने विश्वास व्यक्त गरे ।

नायिका केकी अधिकारीले यो टिमसँग काम गर्न पाएकोमा खुसी व्यक्त गर्दै कलाकार ठकुरीलाई आफ्नो सपनाको यात्रालाई निरन्तरता दिएर गीत सङ्गीतको क्षेत्रमा योगदान दिन आग्रह गरिन् । कार्यक्रममा अधिकारी स्वास्थ्य समस्याका कारण भर्चुअल माध्यमबाट जोडिएकी थिइन् ।

निर्देशक अर्जुन थापाले कथाअनुसारको कलाकार छनौट गरी भिडियो राम्रो बनाउन कुनै कसर बाँकी नराखेको बताए । डिएमबिएस फिल्मस् र आफू मिलेर यसै गीतको भाग २ निकाल्ने तयारीमा रहेको बताउँदै थापाले आगामी दिनमा नेपाली चलचित्र बनाउने योजना रहेकोसमेत बताए ।

सो अवसरमा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले म्युजिक भिडियोको सफलताको शुभकामना व्यक्त गरे ।
डिएमबिएस फिल्मस् प्रोडक्सनको निर्माण, ओएसआर डिजिटलको प्रस्तुति रहेको सो म्युजिक भिडियोको सार्वजनिकीकरण कार्यक्रमको संयोजन गण्डकी भ्वाइस डट कमले गरेको थियो ।

गण्डकी भ्वाइस डट कमका प्रबन्ध निर्देशक सुरज थापाको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन सञ्चारकर्मी जुना थापाले गरेकी थिइन् ।

No comments:

Post a Comment