पापिनी स्वास्‍नी (लघुकथा)–भरतमणि भट्टराई - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Wednesday, September 1, 2021

पापिनी स्वास्‍नी (लघुकथा)–भरतमणि भट्टराई


   

लघुकथा    

पापिनी स्वास्‍नी

                                                                                                                  भरतमणि भट्टराई

रोहन आफ्नी श्रीमती पवित्रासहित कोठा लिएर सहरमा बस्थे । उनी बिस्कुट फ्याक्ट्रीमा काम गर्दथे । मध्यमस्तरको कमाइ भए पनि श्रीमतीको लवाइखुवाइ र चाल चलनले गर्दा महिना धान्न मुस्किल पर्दथ्यो । गहना र फेसनमा रमाएर गाउँको घरबारी बेच्न बाध्य गराएकी थिई पवित्राले । गाउँका सम्भ्रान्त परिवारमा हुर्केको रमन पापिनी स्वास्नीका कारण एउटा छोरालाई पनि उचित माया दिन सकेको थिएन । रोहन काममा गएपछि पवित्राले कोठामा नाठो ल्याएर उपद्रो मच्चाउँछे । रोहन काममा गएपछि छोरोलाई स्कुल छाडेर उसका रमाइला क्षणहरू सुरु हुने गर्दथे । नाठोलाई मासुका परिकार बनाएर बियर र यौनात्मक कार्यमा मस्त रहने पवित्राले रमनलाई जोगी त बनाई नै यसका अलावा सन्तोषसँग बाँच्न पनि दिँदैनथी । छोराको पनि बिजोग भएको थियो ।

कामबाट हैरान परेर आउँदा खाजा त के कुरा, खाना पकाएकै थिइन । न त छोरालाई ख्वाएकी थिई ।। ऊ सञ्चो नभएको बहानामा सुतेकी थिई । राम्रा बोलीले केही सोध्दा झर्कने थर्काउने भएपछि खाना बनाउन खोज्यो तर चामल र तरकारी नभएपछि घरभेटीसँग सापटी मागेर काम चलायो । छोरालाई गुन्द्रुकको झोलसँग ख्वाएर पवित्रालाई खान बोलाउँदा हकारेपछि आफू खान खायो । भोलिपल्ट खाना ख्वाएर छोरालाई स्कुल छोड्न जाँदा अबेर भएर खान नखाई काममा गयो रोहन । त्यसपछि सधैं झैं उसको लीला सुरु भयो ।

आफ्नो काम गर्ने दराजको चापी बिस्तारामा छाडिएकाले साथीको सहयोगमा मोटरबाइकबाट कोठामा पुग्दा दुवै नाङ्गै चर्तिकला देखाएको पायो । लाज पचेकी पवित्रालाई हेर्न नसकेर चापी लिएर काममा आयो रोहन । त्यस दिन स्कुलमा विशेष कार्यक्रम भएकाले तल्लो कक्षाकालाई छाडिदिएपछि छोरो कोठामा आयो । दुष्ट पापिनी पवित्राले नाबालकलाई विष ख्वाएर कोठामा छाडी भएभरका सामान र गरगहना लिएर हिँडी ।

रोहन मनमा अनेक कुरा खेलाउँदै अलि छिट्टै कोठामा आउँदा छोरा मरिसकेको थियो । ऊ आत्तिएर रुन-कराउन लाग्यो । छिमेकीहरू सबै आए । बिस्तारामा राखिएको चिठीमा रोहनले छोरालाई मारेर मलाई पनि मार्न खोजेकाले ज्यान जोगाउन हिँडेको लेखिएको रहेछ । प्रहरीकोमा पहिले नै उजुरी दिइएकाले खानतलासी गर्‍यो र रोहनलाई दोषी ठहर्‍याएर जेल चलान गर्‍यो ।

वास्तविकता पुष्टि भएपछि रोहन जेलमुक्त्त भयो । जेलमुक्त भएको थाहा पाएर पवित्राले मार्ने षड्यन्त्र गरी र गोली हान्नका लागि तयारी गरी । बाटोमा आउँदै गरेको रोहनसामु उभिएर सङ्केत दिई चिनाउँदा गोली उसैलाई लागेर मरी ।

पोखरा१० मिलनटोल कास्की               

 

No comments:

Post a Comment