विश्वराम ढलाकोटीका पाँच मुक्तक - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, August 7, 2021

विश्वराम ढलाकोटीका पाँच मुक्तक

 


मुक्तक- १

आधी उमेर त्यसै गयो, आधा खोज्दै छु

रङ्गीन संसार चाहिँदैन, सादा खोज्दै छु

गारो पो हुँदो रैछ एक्लो जिन्दगी काट्न

यो कृष्णको दुःख बुझ्ने राधा खोज्दै छु ।

 

मुक्तक-२

जिन्दगीको गोरेटोमा पनि एउटा साथी हुने छ

दिनको सूर्य अस्तएपछि साँझसँगै राति हुने छ

मेरो र तिम्रो जीवनरेखा पनि यसरी नै चल्ने छ

हृदय नै कालो भएपछि माया पनि माथि हुने छ ।।

 

मुक्तक-३

कस्ले बनायो यो जातभात ईश्वरलाई थाहा छैन

आज  हो कि भोलि मर्ने यो कसैलाई थाहा छैन

न तेरो न मेरो आखिर रगत त सबको रातै हुन्छ

महिला पुरुष मात्र जात, यो समाजलाई थाहा छैन !

 

मुक्तक-४

समयअनुरुप नै जिन्दगी बदलिँदो रैछ

भोगाइ गराइले नै जिन्दगी  बदलिँदो रैछ

आज फेरि जिन्दगीले नयाँ मोडमा पुर्‍यायो

कर्म र सङ्घर्षले नै जिन्दगी बदलिँदो रैछ .

 

मुक्तक-५

केही पाउनका लागि केही त गुमाउनुपर्दो रैछ

सफल बन्नका लागि सङ्घर्ष त गर्नु पर्दो रैछ

रङ्गीन  सपना साकार बनाउनु छ भने जीवनमा

दुःख कष्टलाई भुली कयौँ चोट त सहनु पर्दो रैछ ।

                                              सिन्धुपाल्चोक,मेलम्ची -९

No comments:

Post a Comment