विज्ञान र कोरोना (बालकविता) - शोभा बरुवाल - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Sunday, August 22, 2021

विज्ञान र कोरोना (बालकविता) - शोभा बरुवाल

बालकविता



                 विज्ञान र कोरोना 

                                                            - शोभा बरुवाल

        विज्ञानका साधकको मनमा छ डर

        दिनदिनै बढ्दै छ नि कोरोनाको दर

        विज्ञान नि हार्दै छ कोरोनाको अघि

        यसकै राज हुने हो कि अब विश्वभरि ।


        हराभरा संसार थियो बारुदले भरियो

        ओजनलाई पातल्याउने नकाम गरियो

        बम आयो, बारुद आयो, शान्ति हरायो

        एउटा सूक्ष्म भाइरस देखी विज्ञान डरायो ।


        भरपर्दो दबाई खोइ कोरोनाका लागि

        संसारबाट कता जाने अब हामी भागी

        कता गयो कता झुक्यो विज्ञानको धाक

        संसारलाई जोगाउन अब सबै  लाग ।


        प्रकृतिलाई संरक्षण गरी अघि बढौँ

        विनाश हैन विकासले संसारलाई भरौँ

        पृथ्वी नै जोगाऊ विज्ञ मङ्गल खोज्नुभन्दा

        मनमुटाव, रिस, युद्ध सबै गरौँ बन्द ।

                                        कक्षा : १०

                                    श्री नेपाल आदर्श मा. वि., गणबहाल, काठमाडौँ, नेपाल

No comments:

Post a Comment