- विश्वराम मिजार
मुक्तक (१)
उस्तै मान्छे एउटै भाषा धर्म-कर्म, हुँदा पनि
एउटै समाजमा उस्तै उस्तै धर्म हुँदा पनि
फेरि किन हुन्छ मान्छे मान्छेबिच भेदभाव
मान्छे कै रुपमा धर्तीमा जन्म हुँदा पनि ।।
मुक्तक (२)
बेहोसीमै दिमाग अन्तै
कतै मोडियो !!
अनि रहरै रहरमा आफ्नो गाउँ छोडियो !!
तहसनहस यो जीवन देख्दा त लाग्छ
अनायासै स्वार्थी अवस्थाको थर जोडियो !!
मुक्तक (३)
यहाँ कोरोना भाइरसको महामारी मात्र हुन्छ
र पनि आपसमा पदकै खिचातानी मात्र
हुन्छ
कसले भन्यो कोरोना भाइरस
महामारी हट्यो भनेर
नत्र कसरी दिन-रातै लाशको सिरानी
मात्र हुन्छ ?
मेलम्ची- ९,
सिन्धुपाल्चोक
हाल :
काठमाडौ
9851168440

No comments:
Post a Comment