यसपटकको हिउँद (कविता) –तीर्थ श्रेष्ठ - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, July 3, 2021

यसपटकको हिउँद (कविता) –तीर्थ श्रेष्ठ

 

यसपटकको हिउँद

                          –तीर्थ श्रेष्ठ



यसपटकको हिउँदमा
चुनाव भयो
जाडो पनि डरलाग्दो थियो
राजनैतिक दलहरुको घोषणापत्र ओच्छ्याइयो
पोष्टरहरु ओढियो
र पम्प्लेटहरु बालेर आगो तापियो
सजिलैसँग जाडो धपाइयो ।

No comments:

Post a Comment