हातका औँला र मान्छेहरू - मदन घिमिरे - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Wednesday, June 23, 2021

हातका औँला र मान्छेहरू - मदन घिमिरे

 हातका औँला र मान्छेहरू 

- मदन घिमिरे



मान्छेको हातमा भएका औँलाहरु फरकफरक छन् । कान्छी औँला, साहिँली औँला, माझी औँला, चोर औँला र बुढी औँला । हुन त यिनीहरुको नाम ठाँउअनुसार फरकफरक भएको पनि मैले पाएको छु ।  यिनीहरुको नाम कसले, कसरी  वा किन राख्यो भन्ने कुरामा मलाई त्यति चासो छैन । यो बारे तपाइँहरु कसैलाइ थाह छ भने कृपया मलाइ पनि बताइदिनु होला । तरपनि जब जब मेरा आफ्नै आँखाहरु आफ्नै हातका औँलाहरुमा घोत्लिन पुग्छन् म यिनै औँलाजस्ता मान्छेहरुलाइ नसम्झिइ रहन सक्दै सक्दिन । 

उसो त मेरो त्यति  धेरै मान्छेहरुसंग संगत छैन । ठूलो सर्कल बनाएर सम्बन्धहरुको बोझ उठाउन सक्ने सामर्थ्य आफुँमा नदेखेको भएर पनि मैले आफुलाइ सिमित गरेको हुँ । तर मैले संगत गरेका वा मैले देखे(भोगेका मान्छेहरु मेरो हातका पाँचै औँलाजस्ता फरकफरक प्रकृतिका भने पक्कै छन् । ती सबै मान्छेहरुलाइ मैले यहाँ मेरा साथीहरु सम्बोधन गरेको छु । यसमा अन्याथा नलिनुहुन पनि सम्पुर्ण पाठकवर्गमा मेरो सादर अनुरोध छ । 

यिनीहरुलाइ चाहिएको ठाउँमा औँला बाङ्गो बनाउन चाहिँ कसैले सिकाउनु पर्दैन । यी साथीहरु मलाइ मेरा माझी औँलाजस्ता लाग्ने साथीहरु हुन् र यिनीहरुलाइ मेरोपनि सदैव माझी औलाको नमस्कार छ । 

मेरा एकथरी साथीहरु छन्, जो नितान्त वर्तमानमा रमाइरहेका हुन्छन् । यिनीहरुसंग न स्वार्थ छ न लोभ न डाह । स(सानो कुरामै खुशी हुन्छन् अनि स(सानो कुरामै टुक्रिन्छन्। विश्वासिला मान्छेका लागि आफ्नो ज्यानै हाजिर गरिदिने यिनीहरुको अचम्मको हर्कतले चाहिँ जो कोहिलाई पनि फिदा बनाउँछ ।  मलाइ अचम्म त कहाँनिर लाग्छ भने जतिबेलै बालापनको जस्तो हर्कत देखाइरहने यिनीहरु आफ्नो कुरामा भने निकै दृढ,कञ्चन र आत्मविश्वासी हुन्छन् । यी साथीहरु मेरालागि कान्छी औँलाजस्ता साथीहरु हुन् । 


मेरा साथीहरु मध्ये अर्काथरी साथीहरु पनि छन्, जसलाई जिन्दगीमा आफ्नोभन्दा अर्को कसैको कुनै मतलब छैन । यहाँसम्म कि यिनीहरुलाइ आफ्नै भविष्यको पनि त्यति मतलब रहदैँन र पनि यिनीहरु आफ्नो जिन्दगीदेखि कहिल्यै सन्तुष्ट हुन सक्दैनन् ।  आफ्नो काम निकाल्न यिनीहरु जति तलसम्म पनि गिर्न सक्छन् । मैले के पनि देखेको छु भने यिनीहरु क्षमतावान चाहिँ हुन्छ्न् तर आफ्नो क्षमतामा विश्वास गर्नुभन्दा पनि छोटो बाटोबाट गन्तव्यमा पुग्ने ध्याउन्नमा लागिरहन्छन् तरपनि व्यबहारमा चाहिँ यिनीहरु इमान्दार नै छन् ।  यिनीहरु आवश्यकताभन्दा पनि अलि बढी महत्त्वाकांक्षी चाहिँ छन् । यी साथीहरु मलाइ मेरा साहिँली औँलाजस्ता लाग्ने साथीहरु हुन् । 

ढाँट्ने, छल्ने, धोका दिने जस्ता कुरा यिनीहरुको नशा नशामा बगेको छ । जिन्दगीलाइ विलासितासंग जोड्नु बाहेक यिनीहरुसंग जिउने अर्को उद्देश्य भएको मैले आजसम्म पाएको छैन । यिनीहरुलाइ संसारमा अरुले के गरिरहेका छन् भन्ने कुरासंग त्यति मतलब रहदैन तर सदैव मैले उनीहरुसंग के गर्न सक्छु भन्ने ध्याउन्नमा भने लागिरहन्छन् ।

अर्काथरी साथीहरु छन्, घमण्डीका राजा । म बिना यो संसार नै अपुरो हुन्छ भनेझैँ घमण्ड गर्छन् । यिनीहरुमा क्षमता त छ तर आफुलाइ सर्वोत्कृष्ट ठान्ने मनोवैज्ञानिक कमजोरीका कारणले गर्दा आफैँभित्र उकुसमुकुस हुँदै बाँचिरहेका छन् । यिनीहरु आफ्नो आलोचना पचाउन सक्दैनन् र वरिपरि भजन मण्डलेहरु घुमाएर आफ्नो जयजयकार गाउन लगाउछ्न् र आफू नाचिरहन्छन् । खोक्रो विचार र सिद्दान्तको हावाले व्यवहारको बेलुन फुकाएर ठूलो बनाउँछन् र त्यसैमाथी जिम्मेवारीको काँडा पलाएको जुत्ता लगाएर उफ्रन्छन् । तर यिनीहरुलाइ चाहिएको ठाउँमा औँला बाङ्गो बनाउन चाहिँ कसैले सिकाउनु पर्दैन । यी साथीहरु मलाइ मेरा माझी औँलाजस्ता लाग्ने साथीहरु हुन् र यिनीहरुलाइ मेरोपनि सदैव माझी औलाको नमस्कार छ । 


अर्का एकथरी छन् फेरि खुराफातीका बादशाह ।  ढाँट्ने, छल्ने, धोका दिने जस्ता कुरा यिनीहरुको नशा नशामा बगेको छ । जिन्दगीलाइ विलासितासंग जोड्नु बाहेक यिनीहरुसंग जिउने अर्को उद्देश्य भएको मैले आजसम्म पाएको छैन । यिनीहरुलाइ संसारमा अरुले के गरिरहेका छन् भन्ने कुरासंग त्यति मतलब रहदैन तर सदैव मैले उनीहरुसंग के गर्न सक्छु भन्ने ध्याउन्नमा भने लागिरहन्छन् । यी साथीहरु मलाइ मेरा चोर औँलाजस्ता लाग्ने साथीहरु हुन् ।


र अर्काथरी साथीहरु छन् स् बुढी औँलाजस्ता । यिनीहरुलाइ हरेक कुरामा फरक मत राखिरहनुपर्छ । तर्क दिनमा सार्है बलिया र आफ्नो दृष्टिकोणबाट एक इन्च पनि हलचल नहुने बानी चाहिँ मलाइ यिनीहरुको सार्है मनपर्ने बानी हो भने फरक मत राख्नैका लागि विरोधका लागि विरोधमा उत्रने र अनावश्यक खण्डन गरिरहने, अझ भनुँ आफू जिउनै बिर्सेर पनि अरुको कमिकमजोरी केलाइरहने बानी चाहिँ कत्ति मन नपर्ने बानी हो । 


दशैँ आयो, खाउँला पिउला.............चोर्नुभन्दा त छुट्टै बसौँला।  

वचपनमा हातका कान्छी औँलादेखी बुढी औँलासम्म पालैपालो भाँच्दै गुनगुनाएको यो गीत मलाई आजपनि कण्ठस्थ छ । एउटै हातका औँलाहरुलाइ फरक फरक चरित्र दिएर  एक हरफमा समाजको सिङ्गो चित्रण गरिएको यो गीत हजारपटक गुनगुनाइसकेपछी बल्ल मलाई हाम्रा हातका औँलाहरु समाजका फरकफरक मान्छेहरुका प्रतिक रहेछन् भनेर थाह भएको थियो । अनि त्यसपछि बल्ल एउटै हातका औँलाहरु पनि किन  बराबर छैनन् भनेर मैले बुझेको थिएँ ।

No comments:

Post a Comment