मान्छेको रङ (कविता)- कुमार तामाङ - सम्मोहन साहित्यिक पत्रिका

Slide1

Tuesday, June 29, 2021

demo-image

मान्छेको रङ (कविता)- कुमार तामाङ

.com/img/a/

kumar+tamang

कविता

 मान्छेको रङ 

               - कुमार तामाङ

गम खाँदै 

सोच्छु बेला बेला,

कस्तो होला 

मान्छेको रङ ?

कालो र गोरो कि गहुँगोरो ?

यिनै यिनै रङहरूले 

जबर्जस्त परिभाषित गरिदियो 

तपाईंहरू अनि मेरो रङ ।


के यिनै रङहरूले 

रङ्गीन छौँ हामी ?

‘हो’ भन्नुहोला तपाईं 

तर ‘होइन’ भन्छु म 

कालो र गोरो 

अति कालो र अति गोरो 

गहुँगोरो र कोदोगोरो 

अथवा 

अरु कुनै रङ भनौँ

ती तपाईं 

अनि 

मेरा रङहररू रहेनछन्

मात्रै हाम्रा छालाका रङहरू रहेछन् ।


तपाईं अनि म मिलेर 

समाज दूषित बनायौँ 

समजसेवा दूषित बन्यो

राजनीति दूषित बनायौँ

पर्यावरण प्रदूषित बनायौँ 

प्रदूषित पर्यावरणमा 

अमृत हलाल भयो

मौलायो त केवल विष 


अहिले

विष निलेर 

विष नै ओकल्छ मान्छे 

हामी घेरिएको माहोल 

बाँचेको धरती

श्वास लिने वायु 

प्राण धान्ने अन्न 

प्रस्फूरित विचार

लिइने ज्ञान 

दिइने दान 

सबै सबै 

विषाक्त छन् 


विषै विषको माहोलमा 

अमृतको कल्पना नगरौँ भो 

मेरा विषाक्त 

वाणीले र व्यवहारले

सम्मानले र अपमानले 

मायाले र घृणाले 

डसेको डस्यै गरेपछि 

तपाईं 

कालकूट विष पिएका 

महादेव झैँ भयानक निलो हुनु भो 

तपाईँको मायालु डसाइले 

मेरो रङ पनि 

उस्तै निलो भएको छ 

नपत्याए हेर्नुहोस !

दुनियाँ डसाइको डामसँगै

निल बनेर पल्टिँदो छ ।

                       पोखरा

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *