सम्मोहनको समीक्षा-कर्मयुग - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Sunday, August 25, 2013

सम्मोहनको समीक्षा-कर्मयुग


नेपाली साहित्यको बजारमा शक्तिशाली पत्रिका-सम्मोहन

                                                                                                                      - कर्मयुग

सम्मोहन पत्रिका साहित्यको एक विशिष्ट चुली भएर बजारमा आएको छ । यसले साहित्यको अन्तराष्ट्रिय बजारलाई थेक्ने साहस गरेर जिल्ला प्रशासन कार्यालय कास्कीको दर्ता नम्बर २९६÷०६९÷०७० रजिष्टर भएर यो आयो । मिठो साहित्यको सुधा बोकेर, मधुपर्क बाकेर, सगरमाथा जस्तो उच्च शिर अनि आकाश जस्तो छाती र फराकिलो मन बोकेर  । हाम्रो सुन्दर नगरी पोखरामा साहित्यको विशाल भारी लिएर सम्मोहनको उदय भएको छ । ३÷३ महिनाको फरकमा निस्कने बाचाका साथ । हामी नेपाली साहित्यलाई औधी माया गछौँ । हामी आफू साहित्यकार भएकोमा कति गर्व गछौँ । त्यही गर्विला मन भित्र उठ्ने विभिन्न तरंगलाई अक्षरहरु मार्फत समाजमा ल्याउँन सायद सम्मोहन को जन्म भएको भन्छन्, यसका प्रकाशक÷सम्पादक साहित्यकार रुपिन्द्र प्रभावी ‘कटु’ । ‘कटु’ लाई सम्मोहनको उदय गराउन साथ दिने अन्य मित्र पनि सम्मोहनका धन्यवादका पात्र छन् ।
कविताको बगरमा अक्षरहरुका बालुवा चालिहिँड्ने कवि प्रतीक भनेर स्रष्टा–परिचय स्तम्भमा अल्पज्ञानीले लेख्नु भएको कुरालाई करिब सम्पादकीयमा साहित्यकार रुपिन्द्र प्रभावी ‘कटु’ले यसरी साहित्यलाई अनुत्पादक क्षेत्र भन्नेहरुलाई ठूलै व्यङ्ग्य प्रहार गरेका छन् ।
एउटा रेडियोको अन्र्तवार्तामा कवि इनद्र राना ‘प्रतिक’ले भन्नुभ यो, “ म कवि नभएको भए सायद आत्महत्या गरिसकेको हुने थिएँ ।” प्रसङ्ग थियो– कवि रानाकी पत्नीको बच्चा जन्माउन नसके पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा मृत्यु भएपछिको पीडाको । कवि प्रतीकलाई त्यो दुःखमा साथ दिन धेरै शुभचिन्तकहरु आए, धेरै साहित्यकारहरु क्रियाखर्च नै लिएर पनि आए तर जब टुहुरा ललाबालाको अनुहार हेर्नुहुन्थयो उहाँ, जब सम्झनुहुन्थयो आफ्नी पत्नीलाई, पीडाको सगरमाथा भए, साहित्य भए । उहाँ भन्नुहुन्छ, “मलाई कविता (साहित्य)ले नै आत्महत्या गर्नबाट बचायो जुन न त मलाई सहयोग प्राप्त भएको रुपैयाँले दियो, न त आफैंले कमाएको रुपैयाँले नै ।”
अर्थात्, साहित्यले हरेक क्षण जीवन र जगत्लाई साथ दिन्छ । यसर्थः साहित्य संसारको सर्वाधिक उत्पादक वस्तु हो जीवन र जगत्का लागि । साहित्यलाई ‘अनुत्पादक क्षेत्र’ मान्ने जुन खालको पुरातनवादी र अदूरदर्शी सोच छ, त्यो सर्वथा गलत रहेको तथ्य यो युगमा पुनः प्रमाणित गरिरहनु नपर्ला सायद । साभारः सम्मोहन पत्रिका अंक १, को सम्पादकीयबाट अब, हामी साहित्यलाई माया गर्नेहरुले भन्नसक्छौँ, साहित्य भनेको के हो? भनेर । साहित्य अब सम्मान मात्र रहेन एउटा आम्दानीको श्रोत भयो, भन्न सक्छौँ हामी । किनकि साहित्य परेका बेला मान्छेहरुलाई सहयोग गर्न सक्दो’ रैछ । सम्मोहन पहिलो अंकको रुपमा बजारमा आएपनि यसले साहित्यका विभिन्न विधालाई समेटेर आएको छ । त्यो भनेको नै बास्तविक पत्रिका हो । मुक्तक, कविता, कथा, लघुकथा, स्रष्टा–परिचय, निबन्ध, यात्रा–स्मरण, व्यङ्ग्य–विनोद, साहित्य अभियान आदि थुप्रै स्तम्भहरु समावेश छन् । मूल्य रु. ७५÷– परेपनि खेर नजाने यो पत्रिका भएको छ । रमेश श्रेष्ठको आवरण तस्बिरले साहित्यले मानव, माटो र विचारमा शान्तिको कामना सम्प्रेषण गर्न सक्नपर्छ भनिरहेको छ । शान्तिका प्रतिक गौतम बुद्धले त्यो कामना सम्मोहन पत्रिका आवरण मार्फत भनिरहेका छन्, बोलिरहेका छन् ।
अब आयो, म जस्तो लेखकले समीक्षाको कुरा गर्नु अलि कठिन जिम्मेवारी हो । साहित्यकार रुपिन्द्र प्रभावी ‘कटु’ ले ल यो काम तिमीले गर्नुपर्छ है!, यस्तो गर्नुपर्छ है; भन्ने अथरोवटी पाएपछि नै मैले यो गरे । कि समीक्षकहरु मलाई किन–किन आजभोलि आडेपाडे जस्तो लाग्छ । कतै के नमिलेको कतै के  नमिलेको जस्तो लाग्छ । यदि लेखिरहँदा म आफूलाई समीक्षक गर्ने हैसियतको ठान्दिन अरुले कतिको ठान्नुहुन्छ मलाई । समीक्षक भनेको विषयवस्तुको बारेमा विज्ञहरुले गर्ने काम जस्तो लाग्छ । वास्तवामा त्यही हो पनि । आफू विषयवस्तुका बारेमा कति जानेको छ । समाजमा उसले अरुको समीक्षालाई कसरी प्रस्तुत गर्दछ भन्ने नै हो । त्यही भएर मैले समीक्षा क्रममा जति बुझेको छु र जानेको छु, त्यति नै लेखेको छु जस्तो लाग्छ, त्यो भन्दा बढ्दा मैले गरेको छैन ।

 सम्मोहनको पेज–७ मा, एउटा एकाङ्की छ, सरस्वती श्रेष्ठ ‘सरु’को नारीमाथि हुने हत्या, हिंसाको पाशविक घटनालाई विषय बनाएर लेखिएको छ । राम्रो छ । साहित्यकार प्राज्ञ सरुभक्तको धार्मिक लघुकथा प्रमिथस र मान्छेहरु राम्रो छ । यहाँ प्रमिथसको अजम्मरी पीडामाथि अर्को अजम्मरी पीडा थपिएको कथा छ । युुध्दमा भन्ने कविता गोविन्दबहादुर कुँवरको राम्रो छ । यहाँ भौतिक र नैतिक विजयका बारेमा जोड दिएको छ भने कृष्ण धराबासीको ग्याँसचेम्बरको साँझ शीर्षकको यात्रा–संस्मरण निकै रोचक छ । पढिरहुँलाग्ने अनौठो खालको । यो पेज ११ मा छ । अछामका साहित्यकार रावल कृष्ण हाइकु छ मिठो पानी परेर, संविधानको धाराले, कामै गरेन । प्रतीक्षित ती आँखाहरु कथा राम्रो छ । साधना प्रतिक्षा यो वियोगान्त कथा मर्मस्पर्शी छ । खगेन्द्र गिरी ‘कोपिला’ को ओझेल परेको रतनगञ्जका कथा भन्ने समीक्षा छ । कपिलवस्तु जिल्लाको जातीय, भाषिक, संस्कृतिक पक्षलाई त्यहाँ दर्शाउन खोजिएको छ । गजलकार ईश्वरमणि अधिकारीको सम्मोहन लघुकथा मोहित पार्ने खालको छ । मिठो छ । व्यङ्ग्यविनोदमा ट्रान्सपरेन्सी कविहरु शिर्षकको विश्व शाक्यको व्यङ्ग्यविनोदमा भ्रष्ट्रचार निर्मूल पार्न कविज्यूँहरुलाई गरिएको व्यङ्ग्य पनि राम्रो छ । साहित्यिक अभियानको एउटा श्रृखंला अक्षरयात्राका बारेमा साहित्यकार लक्ष्मण थापाले गर्नु भएको परिचर्चा पढुँ पढुँ लाग्ने छ । पेज ३० मा भने हालः अष्ट्रिलयामा रहेका निष्प्रभ सजीको मान्छे र पहिरोहरु भावनात्मक कविता छ । सुरज उपाध्यायले लेख्नु भएको नाङ्गो संसारका न्युड चित्रकार भुर्तेल भन्ने कला सम्मोहन स्तम्भ पनि निकै रोचक छ । त्यस्तै प्रवासी भविलाल लामिछानेसँग  सम्मोहन युनिटले लिएको संवार्ता पनि आत्मिय खालको छ । राम्रो छ ।  रुद्र ज्ञवालीको कथा रोजगारी र त्यसै पेजमा रहेको दुर्गाबहादुर शाह ‘बाबा’को गीत पनि राम्रो  छ । राम्रो छ, भन्दै गर्दा सृजना आफैमा एक उत्कृष्ट मानवीय रचना हो । आविष्कार गर्नु सानो कुरो होइन । बुद्धिमान् मानिसहरु नयाँ कुराको हरेक दिन जन्म दिन्छन् र पछिल्लो पिढीलाई आफ्नो संभ्यता र दर्शनले कोरेको बाटो हस्तान्रण गर्दछन् । पेज ४६ मा रहेको खारापानी र सजायहरुको चेकबुक कविता सरस्वती प्रतिक्षाले लेख्नु भएको कविता पनि राम्रो छ । पढिरहुँ जस्तो ।  तीर्थ गुरुङको अनुभव स्तम्भमा छापिएको मृत्युबाट भागेर आएको मान्छे शिर्षकको लेख पनि राम्रो छ । पेज ४९ मा छापिएको डर शिर्षकको लघुकथा दीपक समीपको निकै उत्कृष्ट छ । पाठकको मन जित्न सफल यो कथाका लेखकलाई म धन्यवाद दिन चाहन्छु । इन्द्रकुमार विकल्प र नवराज पहाडीका मुक्तक पनि यसै पानामा अटाएका छन् । रामेश्वरी पन्तको देवी, फूल र किचकहरु शिर्षकको निबन्ध, नारी अस्मिता गङ्गा अभिलाषीको कविता,  भन्दै थियो– खजे दुरा र     इतिहासको अको भ्रमित पात्र सुन्दर मान्धरको लेख राम्रो छ । पेज ५९ मा बेराग पात्रहरु नामक निबन्ध निकै उत्कृष्ट छ । रमेश सायनले लेख्नु भएको । यस पत्रिका मा समेटिएका करिब १०० जना श्रष्टाहरुका रचना खदिला भएर आएका छन्।  मनिषा गौचनको सम्बन्ध कथा, भङ्कर भर्सेस नित्सेका प्लाज्माहरु सुरेश प्राञ्जलिले लेख्नुभएको निबन्ध, हाइकु लेखन र हाइकुमा इरान राईः सानो चर्चा मिश्र वैजयन्तीले गर्नुभएको समीक्षा पढुँ–पढुँ लाग्ने छन् । थुप्रै विषयवस्तुको परिवेशले ती रचनामा स्थान  पाएका छन् । भने मनोज घर्ती मगरको जाग्यो पोखरेली रङ्गमंच भन्ने रङ्गमञ्च स्तम्भमा आएको विषयवस्तुले पनि सम्मोहन पत्रिकाको ओजलाई थप बढाउन सहयोग गरेको पाइन्छ । भने पेज ६६ मा यी कर्मशीलहरु भन्ने आलेख अनिल श्रेष्ठ विशेष छ । आँबुखैरनीको सेरोफेरो,दरौँदी र मस्याङ्दीको सेरोफेरोमा लेखक छन् । त्यस्तै साहित्यकार राजिन पनेरुँको प्रिय जुली नामक कविता राम्रो छ । यसरी सबै श्रष्टाका रचनाहरु सम्मोहनमा सम्मोहन दिने खालका भएर बजारमा आएका छन् ।
यसरी सम्मोहन पत्रिकाले पहिलो अंकमा नै थुप्रै साहित्यिक श्रष्टाहरुको मन जित्न सफल भएको छ । भनिन्छ, हरेक दिनले मानिसलाई केही न केही उपहार दिएर जान्छ । यसरी सम्मोहनले पनि आफू प्काशन भएसाँगै पाठक माझ नयाँ–नयाँ प्रस्तुतिहरु दिदैं जावस् सबैको सल्लाह मानेर नेपालको सबैभन्दा समक्ष र उत्कृष्ट पत्रिकामा आउँन सकोस् भन्ने मेरो शुभकामना छ ।

(पोखरा आवाज दैनिकबाट)

No comments:

Post a Comment