समता काव्य सन्ध्याको ४०० औँ शृङ्खला विशेष बनाउने तयारी - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, October 24, 2026

समता काव्य सन्ध्याको ४०० औँ शृङ्खला विशेष बनाउने तयारी

 


पोखरा, कार्तिक ७ गते । पोखरेली युवा सांस्कृतिक परिवारको नियमित मासिक रचना वाचनको शृङ्खला समता काव्य सन्ध्याको ४०० ‍औँ शृङ्खला विशेष बनाउने तयारी थालिएको छ ।

शनिवार पोखरामा सम्पन्न ३९९ औँ शृङ्खलामा परिवारका कार्यवाहक अध्यक्ष कौशलचन्द्र जिसीले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार २०५० सालदेखि हरेक महिनाको पहिलो शनिवार सञ्चालन हुँदै सन्ध्याको ४०० औँ शृङ्खला आगामी मङ्सिर ५ गते शनिवार अवसरमा विशेष सम्मानलगायतका कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ ।

परिवारका साहित्य संयोजक ढाकामोहन बरालको सञ्चालनमा भएको कार्यक्रममा साहित्य शृङ्खलाका अध्यक्ष लक्ष्मण गौतम ‘हिमाली’, गुरुङ साहित्यिक मञ्चका निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङ, र्‍यान्डम रिडर्स सोसाइटीका पूर्वअध्यक्ष रुपिन्द्र प्रभावी, साहित्यकार वसन्त चालिसे, डा. चैतन्य अधिकारी, शिव त्रिपाठी, नरेन्द्रकुमार नगरकोटी, जमुना कायस्थ, तेजनारायण अधिकारी, अमृत क्षत्रीलगायतले आफ्ना रचना वाचन गरेका थिए ।

उपाध्यक्ष कौशलचन्द्र जिसीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य रोशन तिमिल्सिनाले स्वागत गरेका थिए ।

 

No comments:

Post a Comment