सार्दीखोला साहित्य चौतारीको पहिलो साहित्यिक कार्यक्रम सम्पन्न - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, September 12, 2026

सार्दीखोला साहित्य चौतारीको पहिलो साहित्यिक कार्यक्रम सम्पन्न

 


कास्की (भुर्जुङखोला), भदौ २७ गते । सार्दीखोला साहित्य चौतारी, माछापुच्छ्रे गाउँपालिका–२, कास्कीको आयोजनामा पहिलो साहित्यिक कार्यक्रम शनिबार भुर्जुङखोलामा सम्पन्न भएको छ ।

चौतारीका अध्यक्ष छविलाल आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि माछापुच्छ्रे गाउँपालिका, वडा नम्बर २ का वडाअध्यक्ष गणेश आचार्यले साहित्यिक गतिविधिलाई संस्थागत रूपमा अगि बढाउने उद्देश्यले स्थापित चौतारीका गतिविधिलाई वडाका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा करिब २० जना साहित्यप्रेमी तथा साहित्यिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो । सो अवसरमा सन्तोष आचार्य, छविलाल आचार्य, प्रतीक आचार्य, स्वस्ति आचार्य र प्रवेश पौडेललगायत साहित्यकारहरूले कविता वाचन, आफूलाई मन परेका पुस्तकबारे चर्चा तथा अध्ययन गरेका कथा र साहित्यिक रचनाबाट प्राप्त सन्देश प्रस्तुत गरेका थिए । विविध सिर्जना तथा विचार आदानप्रदानले कार्यक्रमलाई सिर्जनात्मक र रोचक बनाएको थियो ।

कार्यक्रममा सहभागी साहित्यप्रेमीहरूले साहित्यिक सिर्जना, पठन संस्कृति र नियमित छलफललाई निरन्तरता दिने प्रतिबद्धता जनाएका उपाध्यक्ष सन्तोष आचार्यले जानकारी दिए । चौतारीले प्रत्येक महिनाको अन्तिम शनिवार साहित्यिक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । आगामी दिनमा थप साहित्यकार तथा साहित्यप्रेमीहरूलाई सहभागी गराउँदै साहित्यिक गतिविधिलाई व्यापक बनाउने लक्ष्य लिइएको छ । कार्यक्रमको सञ्चालन सचिव सन्तोषकुमार अत्रेयले गरेका थिए ।

No comments:

Post a Comment