स्याङ्जामा नियमित भेटघाट तथा सिर्जना वाचन - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Monday, May 18, 2026

स्याङ्जामा नियमित भेटघाट तथा सिर्जना वाचन

 


स्याङ्जा । साहित्यिक अभियानमा स्याङ्जाली नारीद्वारा आयोजित नियमित भेटघाट तथा सिर्जना वाचन समारोह सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष लक्ष्मी रेग्मी खनालको सहजीकरणमा भएको कार्यक्रममा स्याङ्जाली साहित्यकारहरूको सहभागिता रहेको थियो । नियमित भेटघाट र सिर्जना वाचन कार्यक्रम नाम दिइएको कार्यक्रममा नेपाली लेखक सङ्घका केन्द्रीय सचिव मिलन समीर, भेषजराज साहित्य प्रतिष्ठान, वालिङ, स्याङ्जाका अध्यक्ष यमकान्त खनाल र सचिव श्यामप्रसाद ढुङ्गाना, जेष्ठ नारी स्रष्टा दमकला बगाले, अग्रज साहित्यकार लेखनाथ काफ्ले, सर्जक कमलप्रसाद बगाले, वसन्त खनाल, ढालबहादुर केसी, सिर्जना खनाल, सरस्वती काफ्ले, मञ्जु पराजुली,  आशिष मिजारलगायतले आफ्ना उत्कृष्ट रचना वाचन गरेका थिए ।

कार्यक्रममा सूर्यप्रसाद खनालले नारी स्रष्टाको यो कर्म सराहनीय रहेको र निरन्तरतालाई मुख्य केन्द्रविन्दु बनाउनुपर्ने धारणा राखे । कार्यक्रममा गीता ढकाल, रमेश अधिकारी, विश्व पराजुली, देव बुढाथोकी, सूर्यांश काफ्ले र सुलभ खनाललगायतको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment