गीत - गोविन्दराज ओझा - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Monday, March 18, 2024

गीत - गोविन्दराज ओझा

 गीत

-           गोविन्दराज ओझा

कहिले मेची कहिले काली घुम्न मन लाग्छ

देशलाई आत्मनिर्भर र सुन्दर बनाउने सपना छ

हिमाल जस्तो  अग्लो शिर उँचो बनाएर खेल्छौँ

राष्ट्रिय एकता देशको माया जनताको मनमनमा  सजाउँछौँ

 

हामीले नै अगाडि सर्नुपर्छ देशमा सुशासन ल्याउनु छ

देशको इतिहासलाई जोगाएर राख्नु छ

मनमा दियो बाली देशलाई उज्यालो बनाऔँ

मनका भावनामा देशलाई सजाऔँ

 

सुन्दर देश, सुन्दर प्रकृति मन लोभ्याउँछ

अग्ला हिमालहरूले मनमा शान्ति ल्याउँछ

कहिले मेची कहिले काली घुम्न मन लाग्छ

देशलाई आत्मनिर्भर र सुन्दर बनाउने सपना छ

दीपायल सिलगढी न.पा.२, डोटी

No comments:

Post a Comment