हेमजामा सारङ्गी प्रशिक्षण सुरु - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Sunday, January 14, 2024

हेमजामा सारङ्गी प्रशिक्षण सुरु

 


पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालको आयोजना तथा गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा पोखरा २५ हेमजामा एक महिने सारङ्गी प्रशिक्षण कार्यक्रम सुरु भएको छ । हेमजा साहित्य प्रतिष्ठान नेपालको रजत जयन्तीको अवसरमा गरिने २५ विशेष कार्यक्रमअन्तर्गतको १५ ओैँ कार्यक्रममा सारङ्गी प्रशिक्षण आयोजना गरिएको हो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले सारङ्गीको इतिहास पोखराको बाटुलेचौरबाट सुरु भएको उल्लेख गरे । सारङ्गी प्रशिक्षण मात्र नभई यसको स्वर लिपि बनाउन आवश्यक रहेको उनले बताए । कार्यक्रममा संस्थापक सचिव कोविदशरण उपाध्याय, पूर्व अध्यक्ष एवम् गौरीशङ्कर क्याम्पसका प्रमुख कृष्णप्रसाद पौडेल, पूर्व सल्लाहकार तथा पत्रकार प्रकाशचन्द्र सापकोटा, प्रशिक्षक सम्बरबहादुर गायक, पूर्व अध्यक्ष एवम् पोखरा महानगरपालिका वडा न. २५ का निवर्तमान अध्यक्ष शोभाकर तिमिल्सिनालगायतले शुभकामना दिएका थिए ।

प्रतिष्ठानका अध्यक्ष बलराम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सुनिल गायकले र सञ्चालन सचिव परशुराम अधिकारीले गरेका थिए । कार्यक्रम माघ २७ गते सम्म सञ्चालन हुने संस्थाले जनाएको छ ।

No comments:

Post a Comment