मस्तिष्क पक्षघात रोग होइन- सूर्य तामाङ - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Friday, October 6, 2023

मस्तिष्क पक्षघात रोग होइन- सूर्य तामाङ

 लेख

मस्तिष्क पक्षघात रोग होइन

-          सूर्य तामाङ

मस्तिष्क पक्षघात अपाङ्गता मा पनि  एक जटिल प्रकारको अपाङ्गपन हो र आज अक्टूबर ६ लाई बिश्व मस्तिष्क पक्षघात दिवसको रुपमा बिश्वभर मनाउने गरिन्छ। धेरैलाई मस्तिष्क पक्षघातको बारेमा थाह पनि न हुन सक्छ। मस्तिष्क पक्षघात भनेको के हो? मस्तिष्क पक्षघात कसरी हुन्छ? मस्तिष्क पक्षघात भयो भने के हुन्छ? मस्तिष्क पक्षघात कुन उमेरमा या कुन समयमा हुने सम्भावना बढी हुन्छ र मस्तिष्क पक्षघात भएका व्यक्तिहरूले कस्तो कस्तो समस्याहरूको  सामना गर्नुपरेको छ? परिवारले, समाजले, साथीभाइले र स्वयं अन्य वर्गको शारीरिक असक्त अपाङ्गता भएका ब्यक्तिहरूले हेर्ने  दृष्टिकोण कस्तो छ भन्ने विषयमा म हजुरहरूको सामु केहि कुरा राख्न चाहन्छु। म स्वयं नैं मस्तिष्क पक्षघात शारीरिक रूपमा अपाङ्ग भएको व्यक्ति हु। मैले अनुभव गरेका केहि कुराहरू हजुरहरू सामु बाड्न कोसिस गर्छु ।

सर्वप्रथम मस्तिष्क पक्षघात भनेको कुनै रोग होइन, एउटा अवस्था हो र यसको उपचार वर्तमान समयमा छैन भनेर सबैजनाले बुझ्न जरुरी छ‌। मस्तिष्क पक्षघात भनेको हाम्रो मस्तिष्कमा चोट वा असर पुग्दा हुने गर्दछ । मस्तिष्कको यस्तो चोट न त घट्छ न त बढ्छ र जीवन भर जस्ताको तस्तै रुपमा रही रहन्छ। मस्तिष्कको चोट वा असर को कारण हाम्रो शरिरको चालहरूमा, बोलीमा र भावहरूमा असर पुगेको पाइन्छ जसले गर्दा धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ‌। मस्तिष्क पक्षघात शरीरमा देखिने असर को आधारमा पुरै मांसपेशी अररो हुने, अनियन्त्रित चाल हुने, असन्तुलित हुने, लुलोपन हुने साथै मिश्रित समस्या हुने जस्ता प्रकार हुन्छन्  याद राख्नुहोस् यो समस्या वंशाणु होईन यो त कुनै दुर्घटना ‌या लापरबाही वाट हुने अवस्था हो। मस्तिष्क पक्षघात आमाको गर्भमा रहेको बेलामा, जन्मिने क्रममा या जन्म पछि बच्चा दुर्घटनामा परेर बच्चाको टाउकोको मस्तिष्कमा ठक्कर लाग्यो भने कि त बच्चा बेलामा गम्भीर बीमारी भएर मस्तिष्कमा असर पर्यो भने मस्तिष्क पक्षघात हुन्छ । यो गर्भाअवस्था देखि लगभग ५/ ७ वर्ष सम्मको उमेरमा हुने सम्भावना हुन्छ

हाम्रो बोली स्पष्ट नभको र हाम्रो हातखुट्टा नचल्ने देखेर बौद्धिक अपाङ्ग जस्तो व्यवहार गर्ने गर्दछन । कोही कोही राम्रो पनि छन् जसले हामीलाई अरू साथीहरू सुख दुःखको‌‌ कुरा गर्ने अरूभन्दा कम भए जस्तो आभास हुन नदिने पनि छन् । 

मस्तिष्क पक्षघात भए पछि समस्या त धेरै हुन्छ। कसैको शरीरको सबै मांशपेशीहरू हलचल गर्न सक्ने  एकदम लुलो हुन्छ। कसैको शरीरको सबै मांशपेशीहरू एकदम कडा हुन्छ। कसैको शरीरको सबै मांशपेशीहरू कडा पनि हुन्छ,‌ हातखुट्टा देखि लिएर पुरा शरीरमा अनियन्त्रित चाल भएर काप्ने हुन्छ र बोली पनि स्पष्ट हुदैन। कोही को शरीरको आदि भाग चल्ने र आदि भाग न चल्ने हुन्छ। जस्तै की दाया तर्फको शरीरको भाग चल्ने बाया भाग न चल्ने र बाया भाग चल्ने‌  दाया भाग न चल्ने हुन्छ। कोही को शरिरमा कम असर गर्छ जसले गर्दा एउटा हात कि एउटा खुट्टा अथवा हात मात्र कमजोर अरू सबै भाग राम्रोसँग चल्छ । कोही को फेरि शरिरको भागहरू पनि राम्रो सँग नचल्ने र मानसिक रूपले पनि कमजोर हुन्छ या चेतनाहिन्  भएको पनि हुन्छ। मस्तिष्क पक्षघात भनेर मात्र हुँदैन मस्तिष्क पक्षघात थरी थरीका हुन्छन् र मस्तिष्क पक्षघात भएका व्यक्तिहरूको समस्याहरू पनि फरक फरक देख्न पाईन्छ। यो सब हुनुमा मस्तिष्कमा रहेको चोटको ठूलो भूमिका हुन्छ। चोट कतिको ठुलो छ मस्तिष्कको कुन भागमा लागेको छ यसमा भर पर्छ। यसरी नै मस्तिष्क पक्षघात भएका व्यक्तिहरूको भावहरूमा पनि असर परेको हुन्छ‌। जस्तै खुसी हुदा, रिसाउदा, अचम्म हुदा, लजाउदा, डराउदा, केही बोल्न खोज्दा र केही गर्न खोज्दा पूरा शरीर कडा भएर झन् झन् गाह्रो हुन्छ बोली पनि आउदैन। यो समस्यालाई सबै जनाले बुझ्न कोसिस गर्यो भने एकदम राम्रो हुनेछ भन्नेमा मेरो बिचार छ।

मस्तिष्क पक्षघात भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोण कस्तो छ भनेर भन्नु पर्दा म मेरो केही अनुभव गरेका कुराहरू हजुरहरू सामु राख्न चहान्छु। मलाई थाहाँ छ कि सबैको अनुभव फरक फरक हुन्छ त्यसरी नै मैले र मेरो परिवारहरूले भोगेको अनुभवहरू पनि फरक हुन्छ तर अलि अलि कुराहरू भने अवश्य मिलेको हुन्छ। मेरो आमा बाबा वाट केही पनि गुनासो छैन र आमा बाबा ले पनि कहिले पनि म वाट गुनासो गर्नु भएन। म र मेरो ३ जना बहिनीहरूमा अहिलेसम्म भेदभाव गर्नुभएन ।  कत्ति मान्छेले एउटा छोरा त चाहिन्छ तपाईहरूको एउटा अपाङ्ग छ छोरीहरू भोलि अर्काको घरमा जानु पर्छ भनेर भन्ने गरिन्छ तर  आमा बाबाले केके कुरा बनाएर तिनीहरूको कुरालाई बेवास्ता गर्नुहुन्छ। बहिनीहरू संग मेरो सम्बन्ध अहिले सम्म त राम्रै छ। आमा बाबालाई चिन्ता भनेको एउटै हुन्छ पछि हामी भएन भने यो छोरालाई कसले हेर्छ कसले सहारा दिन्छ भन्ने विषयमा मात्र चिन्ता हो नत्र त सबै राम्रै छ। यसरी थाहा हुन्छ कि परिवारले मलाई हेर्ने दृष्टिकोण कस्तो छ भनेर। अब समाजले हेर्ने दृष्टिकोण कस्तो छ भनेर भन्नु पर्दा मानिसहरूलाई मस्तिष्क पक्षघात भनेको के हो भनेर जानकारी छैन थोरै मानिसहरूलाई मात्रै जानकारी छ त्यो पनि त्यही क्षेत्रमा काम गर्नेहरूलाई मात्र । सर्वसाधारण मानिसहरूले त मस्तिष्क पक्षघात भएका व्यक्तिहरू  सबै बौद्धिक अपाङ्ग भएको व्यक्ति हुन् भनेर बुझ्छन्   त्यही भएर हामीहरु पछाडि हुनु परेको हो । अन्य वर्गको शारीरिक रूपमा अपाङ्ग भएको व्यक्तिहरूको हेर्ने दृष्टिकोण कस्तो छ भनेर भन्नुपर्दा कति अपाङ्ग भएको व्यक्तिहरूले हाम्रो कुरा बुझेर पनि न बुझेको जस्तो गर्ने गर्दछन्   हाम्रो बोली स्पष्ट नभको र हाम्रो हातखुट्टा नचल्ने देखेर बौद्धिक अपाङ्ग जस्तो व्यवहार गर्ने गर्दछन । कोही कोही राम्रो पनि छन् जसले हामीलाई अरू साथीहरू सुख दुःखको‌‌ कुरा गर्ने अरूभन्दा कम भए जस्तो आभास हुन नदिने पनि छन् तर सबै अपाङ्ग भएको व्यक्तिहरूले यस्तै व्यवहार गर्ने गरेको भए कति राम्रो हुन्थ्यो । अन्य सामान्य साथीहरूले हेर्ने दृष्टिकोण त राम्रै छ भनुँ

No comments:

Post a Comment